चितवनका तीन जना वरिष्ठ चिकित्सक सम्मानित



Download our app to get more features

चितवन, ४ फागुन । चितवनका तीन जना वरिष्ठ चिकित्सकहरुलाई सम्मानित गरिएको छ । 

चितवनस्थित लक्की मिडिया हाउसको पाँचौं वार्षिकोत्सवको अवसरमा सोमबार भरतपुरमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा उनीहरुलाई सम्मानित गरिएको हो । 

मिडिया हाउसले विभिन्न विधा तथा क्षेत्रमा समाज रुपान्तरण र विकासमा भूमिका खेल्ने व्यक्तित्वलाई सम्मानित गरेको हो । 

सम्मानित हुनेमा चिकित्सा विधामा भरतपुर अस्पतालका मेडिसिन विभाग प्रमुख एवं नेपाल चिकित्सक संघ चितवन शाखाका निवर्तमान अध्यक्ष डाक्टर प्रकाश खतिवडा, पुरानो मेडिकल कलेजका वरिष्ठ युरोलोजिष्ट एवं कोभिड व्यवस्थापनका फोकल पर्सन डाक्टर सुदिपराज केसी र भरतपुर अस्पतालका वरिष्ठ बालरोग, नवजात शिशु तथा बाल सघन उपचार विशेषज्ञ डाक्टर ओमकृष्ण पाठक रहेका छन् ।  

यस्तै शिक्षाकर्मी, चलचित्र क्षेत्रकी नायिका आँचल शर्मा र अभिनेता  विपिन कार्की लगायतलाई पनि सम्मानित गरिएको छ भने खेल विधा, पत्रकार लगायतलाई पनि सम्मानित गरिएको छ ।
 
यस्तै मिडिया हाउसले चितवनका व्यवसायी क्षेत्रका व्यत्तित्वलाई समेत सम्मान गरेको छ । 

सो अवसरमा बोल्दै लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की “लक्की” ले कोरोनाले सम्पूर्ण क्षेत्र अस्तव्यस्त बनाएको बेला पाँचौ वार्षिकोत्सवको अवसरमा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्न पाउँदा आफू अत्यन्त खुशी भएको बताए । ‘ कोरोनाले सम्पूर्ण क्षेत्र अस्तव्यस्त र धराशायी छ , कार्कीले भने, सम्मानले उहाँहरुलाई केही उत्साह र उर्जा मिल्ने हाम्रो विश्वास छ । ’

कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारी, चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाका स्तम्भ संयोजक प्रमुख एवम् हाम्रो डक्टर न्युजका चितवन ब्यूरो प्रमुख जय पाठक (जेपी) लगायतका शुभचिन्तकहरूको सहभागिता रहेको थियो । 

Last modified on 2021-02-16 09:04:41

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts