यसरी भएको थियो नेपालकै पहिलो रक्तदान

बि.सं.२०२० सालमा दयाबीरले मृत्युशैयामा रहेका रत्नकाजी तुलाधरलाई दिएको रक्तदान नै नेपालको पहिलो ऐतिहासिक रक्तदानका रुपमा रहन पुग्यो ।



Download our app to get more features

कुरा बि.सं.२००० सालको । राणा प्रधानमन्त्री जुद्धशमसेरको शासन ।समाजमा जातजाती र छुवाछुतको ब्याप्त थियो । कट्टर नियममा बाँधेको समाज । त्यसमाथि पनि रगत लिनु र दिनु भनेको निकै  डरलाग्दो कुरीति र नीति विपरीत थियो ।
कामको सिलसिलामा परोपकार संस्थाका संस्थापक दयाबीर सिंह कंसाकार आफुले चिनेका सुपरीटेन्डेन्ट डा.देवब्रतदास गुप्तालाई भेट्न वीर अस्पतालका गएका रहेछन् । । यतिकैमा उनले बीर अस्पतालको प्रागणमा एउटा अधबैसे महिला जोड जोडले रोईरहेकी देखे । ती महिला आफ्नो एक्लो छोरा रत्नकाजी तुलाधरको ज्यानको भिख माग्दै बिलौना गर्दै थिईन । त्यहाँ उनको रोदन सुन्ने कोही थिएन । न त उनलाई सहयोग गर्न सक्ने नै कोही थिए ।
ती महिला त्यसरी ज्यान फालेर रोईरहेको देखेर दयाबीरले सोधे । के भयो तपाईलाई ? किन यसरी रोएको ? ती महिलाले आफ्नो एक्लो छोरा रगत नभएर मृत्युशैयामा छट्पटाई रहेको ब्यथा दयाबीरलाई सुनाईन् । ‘तत्काल रगत दिन सकेन भने मेरो एक्लो छोरो मर्छन्’ उनले रुदै दयाबीरलाई भनिन् ।
यो कुरा सुनिसके पछि  तपाई नै हृष्टपुष्ट हुनुहुन्छ किन रगत नदिएको भनि दयाबीरले प्रतिप्रश्न गरे । रगत दिएपछि मान्छे मरिन्छ भनि डरले उनले रगत दिन मानिनन् । रगत दिनको लागि दयाबीर तयार भए । तत्काल उनको छोराको उपचार गरिरहेका डाक्टरलाई भेटे । आफ्नो रगत झिकी विरामीमा राख्न डाक्टरलाई दयाबीरले आग्रह गरे । यसरी कुनै एक अपरिचित मान्छेले नचिनेको ब्यक्तिलाई रगत दिन लागेको कुरा सुनेर रत्नकाजीको उपचारमा संलग्न रहेका डाक्टर स्वयम पनि अचम्म माने ।
संयोगले मृत्यसैयामा छट्पटाई रहेको रत्नकाजी र दयाबीरको रगत समुह पनि एउटै रहेछ । डाक्टरले कुनै ढिलाई नगरी दयाबीरको शरीरवाट रगत निकाल्न थाल्यो र रगत नभएर छटपटाई रहेका रत्नकाजीको शरीरमा सीधै रगत दिएर उनको ज्यान बचाए । त्यतिबेला ब्लडबैक वा रगत संकलन गर्ने कुनै केन्द्र थिएन् । रगत मान्छेको शरीरवाट सीधा झिकेर विरामीमा टान्सफर गर्नुपथ्र्यो । यसरी  बि.सं.२०२० सालमा दयाबीरले मृत्युशैयामा रहेका रत्नकाजी तुलाधरलाई दिएको रक्तदान नै नेपालको पहिलो ऐतिहासिक रक्तदानका रुपमा रहन पुग्यो ।

बि.सं.१९६८ साल बैशाख २२ गते काठमाडौंको केल मासंगल्लीमा जन्मेका समाजसेवाका अग्रणी व्यक्तित्व दयाबीरसिंह कंसाकार नेपालका प्रथम रक्तदाता एवं नेपालको जेठो लोककल्याणकारी संस्था परोपकार संस्थाका संस्थापक अध्यक्ष हुन् । उनको समाजसेवाको कदर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुले सम्मान तथा पुरस्कार प्रदान गरेका छन् । उनको यो योगदानको कदर गर्दै तत्कालिन श्री ५ को सरकारले बि.सं.२०५९ सालमा उनको तस्वीर अंकित हुलाक टिकट समेत प्रकाशित गरेको थियो । उनको मृत्यु बि.सं.२०५७ माघ २३ गते भएको थियो ।

(स्व.दयाबीरसिंह कंसाकारका छोरा हितकरबीरसिंह कंसाकारसंगको कुराकानीमा आधारित ।)

 

Last modified on 2016-03-21 12:14:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts