बझाङको सदरमुकाममा खानेपानीको हाहाकार, दूषित पानी पिउँदा धेरै बिरामी



Download our app to get more features

बझाङ, १६ फागुन । सदरमुकाम चैनपुरमा दुई सातादेखि खानेपानीको हाहाकार भएको छ । खानेपानी पाइपको उचित व्यवस्थापन हुन नसक्दा समस्या भएको हो । 

धारामा खानेपानी नआउँदा सदरमुकामवासी बाउली खोला र सेती नदीको फोहर पानी पिउन बाध्य भएका छन् । धारामा पानी नआउँदा सास्ती भएको स्थानियले बताएकाछन् ।  
सेती नदी र बाहुलीगाढ खोलाको दूषित पानी पिउँदा सदरमुकामवासी बिरामी हुन थालेका छन् । फोहर पानीका कारण जिल्ला अस्पतालमा पानीजन्य सङ्क्रमणका बिरामीको सङ्ख्या बढदै गएको अस्पतालका प्रमुख डा. सन्दीप ओखेडाले बताए । उनले सदरमुकाम क्षेत्रका मानिसमा पछिल्लो समय मौसम परिवर्तनसँगै स्वच्छ पानी पिउन नपाउँदा झाडापखाला, आउँ, ज्वरो, रुघाखोकी जस्ता समस्या बढदै गएको बताए । 

चैनपुर कुचा सडक निर्माणका क्रममा खानेपानीको पाइप काटिँदा सदरमुकाममा खानेपानीको समस्या आएको चैनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र विष्टले बताएका छन्। खानेपानीको पाइप जडान भइरहेकाले अब केही दिनभित्रै समस्या समाधान हुने उनले बताए। 

Last modified on 2021-03-01 06:40:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts