८ कम्पनीका औषधिमा समस्या देखिए पछि बजारबाट फिर्ता गर्न विभागको निर्देशन



Download our app to get more features

काठमाडौं, १६ फागुन । चर्चित ८ नेपाली औषधि उत्पादक कम्पनीले उत्पादन गरेका औषधि न्युन गुणस्तरको भेटिएको छ।

औषधि व्यवस्था विभागले बजारमा नमूना संकलन गरेर परीक्षण गर्दा औषधिमा तोकिएअनुसारको मात्रा र गुणस्तरसमेत नपुगेको पाइएको हो।

 गम्भीर रोगका समेत औषधि उत्पादन गर्दै आएको ८ कम्पनीका औषधिमा समस्या देखिएसँग विभागले तत्काल फिर्ता गर्न पत्राचार गरेको छ। कम्पनीले तोकिएको औषधि नराखी प्रिजरभेटिभ्स हालेर परिमाण पुर्याएको पाइएको छ। 

सामान्यतः विभागले मानव स्वास्थ्यमा प्रयोग हुने यस्ता औषधिको गुणस्तरमा समस्या देखिँदा रिकलका लागि निर्देशन दिएर औपचारिकता मात्रै निर्वाह गर्छ। कम्पनीहरूले पनि बजारबाट फिर्ता गरेकोजस्तो मात्रै गरेर मानव स्वास्थ्यमा खेलबाड गर्दै आएका छन्।

औषधिमा आत्मनिर्भर रहेको भन्दै आयातमा प्रतिवन्धको माग गर्दै आएका नेपाली औषधि कम्पनीहरूका उत्पादनमा निरन्तर समस्या देखिन थालेको छ।

खासगरी कम्पनीले औषधि उत्पादनका लागि केमिकल नै कमसल ल्याउँने हुनाले औषधिमा पटक पटक समस्या आउने गरेको अधिकारीहरू बताउँछन्।

प्राइम फर्मास्युटिकल वीरगन्जले उत्पादन गरेको फेक्जोफेनाडिन, भास्कर हर्वास्युटिकल वीरगन्जले उत्पादन ग्यास्टोजेल सस्पेन्सन, सिटीएल फर्मास्युटिकल भक्तपुरले उत्पादन गरेको एटोरभिस्टाटिन पनि कम गुणस्तरको भेटिएको छ ।

एमटेक मेड काठमाडौंको उत्पादन आइनक्स ब्रान्ड नामको दुई वटा ब्याचको इट्राकोनाजोलमा समेत समस्या देखिएपछि बिक्री वितरणमा रोक लगाइएको छ।

बायोगेन रेमेडिज रुपन्देहीले उत्पादन गरेको आइट्याक र आर्या फार्मल्याव बाराले उत्पादन गरेको स्यानट्रान–२०० को बिक्रीमा पनि रोक लगाइएको विभागले जनाएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts