विश्वका १०० प्रभावशाली नर्स तथा मिडवाइफको सूचिमा परेका नेपालका ४ जना सम्मानित



Download our app to get more features

काठमाडौं, १६ फागुन । विश्वका १०० प्रभावशाली नर्स तथा मिडवाइफको सूचिमा पर्न सफल नेपालकी ४ जना नर्स  र मिडवाइफलाई फेक्ट नेपाल र काठमाडौं मोडल स्कुल अफ नर्सिङले सम्मान गरेका छन् । 

फेक्ट नेपाल र काठमाडौं मोडल स्कुल अफ नर्सिङले संयुक्त रुपमा सम्मान गरेका हुन् । सम्मानित भएका चारै जना नर्सले आफुहरु सम्मानित हुन पाउँदा हर्षित भएको भन्दै अबका दिनमा आफ्नो जिम्मेवारी झनै बढेको बताए । 

नर्स तथा मिडवाइफको अन्तराष्ट्रिय बर्ष २०२० को अवसरमा विश्व स्वास्थ्य संगठन, यूएनएफपीए, अन्तराष्ट्रिय नर्सिङ परिषद् तथा अन्तराष्ट्रिय मिडवाइफ संघले संयुक्त रुपमा २ जना नर्स र २ मिडवाइफलाई गत पुसमा ४ जना नर्सलाई १०० प्रभावशाली नर्स तथा मिडवाइफमा सूचिकृत गरेको थियो । 

४३ देशका ३०० भन्दा बढी नर्स तथा मिडवाइफको नाम सिफारिस भएकोमा नेपालको तर्फबाट ४ जनालाई सूचिकृत  गरिएको हो ।
१०० प्रभावशाली नर्स तथा मिडवाइफको सूचिमा नर्स दुर्गा सापकोटा, शुस्मा योञ्जन, मिडवाइफ प्रशंसा बुढा र रुक्मीनि त्रिपाठी रहनुभएको छ । दुर्गा ९ वर्षदेखि क्लिनिकल र जनस्वास्थ्य क्षेत्रमा क्रियाशिल छन् । 

Last modified on 2021-02-28 14:39:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts