विदेशमा कोरोनाबाट थप ३ जना नेपालीको मृत्यु 



Download our app to get more features

काठमाडौं, १६ फागुन । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा एक जनाको सङ्क्रमणबाट मृत्यु भएको हो। योसहित २१ देशमा कोरोना सङ्क्रमणले मृत्यु हुने नेपालीको सङ्ख्या ३३९ जना पुगेको छ।  

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार  शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२  हजार ४०१ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये ६० हजार १२४ कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुने दर ९६ दशमलव तीन प्रतिशत रहेको गैरआवासीय नेपाली सङ्घ, ‘कोभिड–१९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले  बताएका छन्।

सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार पोर्चुगल, फ्रान्स, युएई, साउदी अरब र कतारमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ। यो साता इटाली, युक्रेनका नेपालीमा पहिलो पटक सङ्क्रमण देखिएको हो।    


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts