कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यबहाक उपकुलपतिमा डा. रावल



Download our app to get more features

काठमाडौं, १७ फागुन । सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यबहाक उपकुलपतिमा डा. मंगल रावललाई नियुक्त गरेको छ। 

प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्र वाग्लेको कार्यकाल आइतबार सकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सोमबार मन्त्रीस्तरिय निर्णय गर्दै डा रावललाई कार्यबहाकको जिम्मेवारी दिएका हुन्।

डा. रावल प्रतिष्ठानको निर्देशक हुन्। कार्यबहाक उपकुलपतिको पत्र बुझेपछि  डा. रावलले  प्रतिष्ठानको विकास र विस्तारमा निरन्तर खट्ने बताएकाछन् । डा. रावल हाडजोर्नी विशेषज्ञ तथा एशोसिएट प्रोफेसर पनि हुन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts