सुन्दर अनुहारका लागि मेकअप गर्दा यी कुरामा ध्यान दिनुहोस्



Download our app to get more features

काठमाडौं, २१ फागुन । प्राय धेरै महिला मेकअप गर्दा आँखा वा ओठ मध्य एक चीज डार्क र एक चीज लाइट गर्नुपर्छ । तर, थुप्रै अभिनेत्री यो कुरामा विश्वास गर्दैनन् । कुनै अभिनेत्रीहरू आफ्नो ओठमा डार्क रेड लिपिस्टिक लगाउँछन् र अनुहारमा हल्का मेकअप गरेर आफ्नो अनुहारमा चमक ल्याउँछन् । मेकअपका साथै अभिनेत्रीहरूले आफ्नो खानपान र दिनचर्यामा पनि निधै ध्यान दिइरहेका हुन्छन् । त्यसैले मोडल अथवा अभिनेत्रीको जस्तो लुक चाहनुहुन्छ भने विभिन्न कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

कन्सीलरका दुई शेड
 मेकअप गर्दा सधै कन्सीलरका दुई शेड लगाउदा राम्रो हुन्छ । यसले नेचुरल लुक सुन्दर बन्दै जान्छ । यदि तपाई मोडल लुक चाहनुहुन्छ भने मेकअप गर्दा लाइट कन्सीलरलाई आँखा आसपास लगाउनुस् ।

खानपान
एक गिलास पानीमा एक चम्मच मह र कागतिको रस मिलाएर सधै पिउने गर्दा पाचन तन्त्र बलियो हुन्छ । यसले अनुहारमा चमकता पनि ल्याउँछ । दिनमा ८ देखि १० गिलास पानी, ताजा फल, नरिवल पानी, हरियो साग, ड्राई फ्रुट र जुस प्रत्यक सेलिब्रेटीको खानपानको मुख्य हिस्सा हुने गर्छ ।

विहानी वाक
अभिनेत्री सोनम कपुरले एक अन्तरवार्तामा सुन्दर र फिट देखिनका लागि धेरै समय खर्च गर्नु नपर्ने, प्रत्यक दिन विहान मोनिङ्वाक गर्नुपर्ने बताएकी थिइन् । त्यसैले मोर्निङ्वाक गर्नु स्वास्थ्यका लागि मात्र नभएर सुन्दरताका लागि पनि राम्रो मानिन्छ ।

लिप लाइनर
मोटा ओठ सधै आकर्षक लुक दिन्छन् । यदि तपाईका ओठ पातलो छन् भने लिपलाइनर लगाएर मोटा बनाउन सकिन्छ । तर, जुन कलरको लिपिस्टिक लगाउनु भएको छ लिपलाइनर पनि सोही कलरको हुनुपर्छ ।

पाउडर सही रुपमा प्रयोग गर्ने
महिलाहरूले मेकअपका रुपमा पाउडरलाई प्रयोग गरिरहेका हुन्छन् । यदि यसको प्रयोग गर्न जानिएन भने यसले अनुहारलाई सुन्दर नभई भद्दा पारिदिन्छ । त्यसैले पाउडर लगाउँदा अनुहारको सबै भागमा बराबर लागाउनु पर्छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts