जुम्लामा एक हजार बढी जेष्ठ नागरिकले लगाए कोरोना खोप 



Download our app to get more features

जुम्ला, २८ फागनु । जुम्लामा २३ फागुनदेखि सुरु भएको दोस्रो चरणको कोरोना विरुद्धको खोप जुम्लाका तीन स्थानीय तहका एक हजार ६७ जनाले लगाएका छन् । गुठीचौर गाउँपालिका १३२ जना, तिलाका ५५६ जना र चन्दननाथ नगरपालिका ३७९ जना जेष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाएका हुन् ।
 तिला गाउँपालिका स्वास्थ्य शाखा संयोजक गणेशबहादुर शाहीका अनुसार राँसा खोप केन्द्रको तथ्यांक संकलन गर्न बाँकी रहेको छ । 

 त्यसैगरी गुठीचौर गाउँपालिका स्वास्थ्य संयोजक बालराम नेपालीले पालिकाभित्रका पाँच वडाका १३२ जना जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाइएको बताए । चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार ३७९ जना जेष्ठ नागरिकलाई खोप लगाएको छ । तातोपानी गाउँपालिकामा २८ फागुनदेखि खोप सञ्चालन गर्ने तयारी गरिएको स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाईंले बताए ।

जिल्लाभर कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्दै आएको जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम सोमाईका अनुसार जिल्लाभरको तथ्यांक संकलनमा छौँ । उनले भने, ६५ वर्षमाथिका जेष्ठ नागरिक र पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई दोस्रो चरणको खोप २३ फागुनदेखि सञ्चालन गरिएको थियो । जुम्लामा ३ हजार २ सय जनालाई कोरोना विरुद्धको दोस्रो चरणको खोप लगाउने लक्ष्य रहेको छ । यहाँका एक नगरपालिकासहित ८ स्थानीय तहमा ६२ वटा खोप केन्द्र निर्धारण गरिएको थियो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts