गर्भको बच्चा खतरामा रहेको केही संकेतबारे जानी राखौं



Download our app to get more features

गर्भावस्थामा विभिन्न परिवर्तन भइरहेका हुन्छन् । कहिलेकाहीँ बान्ता हुनु, हातखुट्टा गल्नु, पेटमा असजिलो हुनु जस्ता सामान्य लक्षण देखिन्छन् । तर, यिनै सामान्य लक्षणले कहिलेकाहीँ गर्भको बच्चामाथि असामान्य नतिजा गर्भको बच्चा खतरामा रहेको केही संकेत निम्त्याउन सक्छ । 

गर्भको बच्चा खतरामा रहेको संकेत दिने केही लक्षणबारे स्त्रीरोग विशेषज्ञ डा.बबिता थापाले जानकारी दिएकी छिन्:

१.  गर्भ बसेको २२ हप्तासम्म र गर्भ बसेको २८ हप्तापछिको अवधिमा रक्तश्राव भयो भने राम्रो संकेत मानिदैन । २२ हप्ताअघिको रक्तश्राव भएमा बच्चा सालबाट छुटेको या हुनुपर्ने स्थानभन्दा तल बसेको संकेत हुन सक्छ ।

२. गर्भावस्थामा नराम्रोसँग पेट दुखेको महसुुस भयो भने साल बच्चाबाट छुट्टिएर बसेको या बच्चा ठीक ठाउँमा नरहेको संकेत हुन सक्छ ।

३. दिनमा दुई–तीनपटकभन्दा बढी तारन्तार बमिट हुन्छ भने आमाको स्वास्थ्यमा समस्या भएको बुझ्नुपर्छ । २२ हप्ताअघि लगातार बमिट हुनु आमामा जलवियाजन भएको र २८ हप्तापछि लगातार बमिट भएमा उच्च रक्तचापको समस्या रहेको हुन सक्छ । आमामा हुने यो समस्याले बच्चालाई पोषणको अभाव हुन्छ ।

४. १२ घण्टामा बच्चा १० पटकभन्दा कम चलेमा गर्भ्भित्र बच्चालाई अप्ठ्यारो भएको हुन सक्छ । बच्चा कति समय चलेको छ भन्ने ख्याल आमाले नै गर्नुपर्छ । पहिलो बच्चा गर्भमा रहेको २० हप्तापछि र त्यसपछिका बच्चा गर्भ बसेको १८ हप्तापछि चले÷नचलेको थाहा हुन्छ ।

५. चौलानी जस्तो देखिने पिसाब धेरै नै जाँदा, सेतो पानी बग्दा, पिसाब फेरेपछि तल्लो पेट दुख्दा या पिसाबमा रगत देखिँदा बच्चालाई गर्भभित्रै संक्रमण हुन सक्छ । वेलैमा उपचार नगरिए बच्चाको ज्यानमै खतरा हुन सक्छ ।

Last modified on 2021-03-13 09:34:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts