हाम्रो डाक्टर एपमा फेसबूक र गूगल दुवै लग इन

प्रयोगकर्ता आफैले रक्तदाता फारम भर्न सक्ने

What's This?


Download our app to get more features

यसै हप्तामात्र सार्वजानिक भएको सम्पूर्ण स्वास्थ्य जानकारी समेटिएका एण्ड्रोइड मोबाइल एप हाम्रो डाक्टरका प्रयोगकर्ताले फेसबूक र गूगल प्लस दुवै माध्यमबाट लग इन गर्न सक्ने भएका छन् ।
प्रयोगकर्ता मैत्री एप बनाउने उद्देश्य स्वरुप निम्न सुविधा राखिएको हो । स्वास्थ्य सम्बन्धी समाचार, भिडियोका साथै देशभरका अस्पताल, चिकित्सक, क्लिनिक, एम्बुलेन्स, रक्तदाता लगायतको विवरण समेटिएको एपमा प्रयोगकर्ताले आफ्नै लग इनबाट सेवा लिन सक्ने भएका छन् । लग इन भएसँगै प्रयोगकर्ताले समय सेट गरेर औषधि सेवनको नोटिफिकेशन पाउनेछन् । त्यस्तै स्वास्थ्य सम्बन्धी जिज्ञासा सोध्न र त्यसको समाधान पाउनका लागि पनि एपमा लग इनको व्यवस्था गरिएको बताइएको छ । एप मार्फत प्रयोगकर्ताले अस्पताल, त्यहाँ कार्यरत चिकित्सक, उनीहरुको कार्यतालिकाका साथै सेवा उपलब्ध अस्पतालमा अपोइन्टमेण्ट समेत बूक गर्न सक्नेछन् ।
प्रयोगकर्ता आफैले रक्तदाता फारम भर्न सक्ने
नियमित रक्तदाताहरुले आफै एपमा गइ आफ्नो रक्तसमूह र अन्य विवरण सहित आफुलाई रजिस्टर गर्न सक्ने छन् । स्वयंसेवी रक्तदाता र रगत खोज्न भौतारिने मानिसको सहयोगका लागि यस्तो व्यवस्था गरिएको हो । रगत खोज्नेहरुले एपमा गइ रगतको ग्रुप छनोट गरी त्यहाँ भएका रक्तदातालाई एसएमएस गर्न सक्नेछन् ।

एप डाउनलोड गर्न तलको लिंकमा क्लिक गर्नुहोस्

bit.ly/HamroDoctorAndroid

Last modified on 2016-03-22 14:38:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts