भारतबाट फर्किएकी कोरोना संक्रमित महिलाको झापामा मृत्यु



Download our app to get more features

झापा, १२ चैत । कोरोना संक्रमणका कारण झापामा एक महिलाको मृत्यु भएको छ । सात दिनअघि भारतबाट फर्किएकी ३९ वर्षीया महिलाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।

‘उहाँ भारतबाट केही दिनअघि फर्कनु भएको रहेछ,’ जिल्ला स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौलागाईले भने, ‘कोरोना संक्रमण भएपछि बीएण्डसी अस्पतालमा उपचार हुँदै थियो, आज मृत्यु भयो ।’ मृतक महिलामा कुनै दीर्घरोगको समस्या नरहेको उनले बताए ।

स्वास्थ्य जाँच गर्दा महिलालाई बुधबार कोरोना पोजेटिभ देखिएको थियो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts