अनुहारको दाग हटाउन अपनाउनुहोस् यी घरेलु उपाय



Download our app to get more features

काठमाडौं, १४ चैत । यदि तपाइँको अनुहारमा वर्षौदेखि रहिरहेको दाग हटाउन चाहनुहुन्छ भने अण्डा र महको फेसप्याक बनाएर अनुहारमा लगाउनुभयो भने त्यसले पुरै अनुहारको दाग मेटाउँछ र अनुहारमा चमक पैदा गर्छ । महमा एन्टीबायोटिक तत्व हुन्छ जसका कारण छालामा रहेका किटाणुहरुलाई नष्ट पार्छ र त्वचालाई स्वस्थ र सुन्दर बनाउन मद्दत गर्छ ।

एकवटा अण्डाको सेतो भागमा एक ठूलो चम्चा मह मिलाई पेष्ट बनाउने र पुरै अनुहारमा १०(१५ मिनेटसम्म मालिस गर्ने र त्यसपछि २० मिनेट जति त्यतिकै छाडिदिने र सफा पानीले धुने गर्नुपर्छ । यो प्रक्रिया हप्तामा दुई पटक गर्नु जरुरी हुन्छ । यसले तपाइँको अनुहारमा रहिरहेको पुराना दागहरु मेटाउन मद्दत गर्छ । 
यस्तै, 
कागतीको रस
दाग भएको ठाउँमा कागतीको रस लगाएर आधा घण्टापछि सफा पानीले सफा गरेमा दाग हराउँदै जान्छ । नतिजा देखापर्न दुई÷तीन महिनासम्म नियमित कागतीको रस लगाउने गर्नुपर्छ । 

स्ट्रबेरी
पाकेको स्ट्रबेरीको पेस्ट बनाई नियमित दाग भएको ठाउँमा लगाउने र १५ मिनेटपछि चिसो पानीले धुने गर्नाले केही सातापछि नै दाग हराउँदै गएको महसुस गर्न सकिन्छ । 

खरबुजा
खरबुजाको रसमा चामल मिसाएर अनुहारमा लगाई १५ मिनेटपछि धुने गर्नाले केही सातापछि दाग कम हुँदै जान्छ । 

मेवा
पाकेको मेवालाई दाग लागेको ठाउँमा हल्का मसाज गर्ने र २० मिनेटपछि मनतातो पानीले धुने गर्नाले दाग हराउँछ । 

घ्यूकुमारी
छालाको समग्र सुन्दरताका लागि घ्यूकुमारी ज्यादै उपयोगी वनस्पति हो । यसको गुदीलाई दाग भएको ठाउँमा लगाई ४५ मिनेटपछि धुने गर्नाले एक महिनाभित्रैमा सुधार देख्न सकिन्छ । 

बदाम
बदामलाई पानी अथवा दूधमा १२ घण्टा भिजाई यसको बोक्रा फाल्ने र गुलाबजलसँग लेप बनाउने । यसरी तयार पारेको लेप दाग लागेको ठाउँमा दल्ने र सुकेपछि धुने । यसो गर्नाले दाग हराउँदै जान्छ । 

जाइफल
जाइफललाई मरिचसँग मिसाई पिस्ने र काँचो दूधमा यसको लेप बनाई अनुहारमा दल्ने । त्यसको दुई घण्टापछि अनुहार धुने । यसो गर्नाले दागसँगै डन्डीफोर पनि हराएर जान्छ । तर, जाइफलको नियमित प्रयोग गर्नु चाहिँ हुँदैन ।

जैतुनको तेल 
दाग भएको ठाउँमा जैतुनको तेल लगाउनाले पनि दाग हराउँदै जान्छ । 

चन्दन
चन्दन घोटेर गुलाबजल अथवा दूधसँग मिसाई लेप बनाएर दाग भएको ठाउँमा दल्ने र एक घण्टापछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ । 
 

Last modified on 2021-03-28 08:24:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts