होमियोप्याथिक एसोसिएसनमा नयाँ कार्यसमिति चयन 



Download our app to get more features

कास्की, २८ चैत । अल नेपाल होमियोप्याथिक एसोसिएसनमा नयाँ कार्यसमिति चयन भएको छ। एसोसिएसनको १०औं महाधिवेसनले डा. खगेन्द्र कटुवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

महाधिवेसनबाट उपाध्यक्षमा डा. मिनराज भुषाल र डा. विरोधकुमार महतो, महासचिव डा. रामहरि श्रेष्ठ, सचिवमा डा. सुशीलकुमार कर्ण, डा. शिशिर गिरी र डा. अनुप पन्थी चयन भएका छन्। यस्तै, कोषाध्यक्ष डा. शंकरराज पौडेल, सहसचिवमा डा. मनोरमा जयसवाल र अब्दुल रहमान मियाँ निर्वाचित भएका छन्।

सदस्यहरुमा टोपबहादुर थापा, डा. हिराकाजी श्रेष्ठ, हिराप्रसाद गुप्ता, डा. लालबाबु महतो, डा. अमरेशकुमार पोदार, डा. सुरेन्द्र श्रेष्ठ, भोजकुमारी कुँवर, डा. खकिन्द्रबहादुर भण्डारी, हिरामणि शर्मा, मो अनवर हुसेन चयन भएका छन्। कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts