कीर्तिपुरमा १५०० शैय्याको ‘सुपरस्पेसियालिटी’ अस्पताल बन्ने 



Download our app to get more features

काठमाडौं, २९ चैत । त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरमा १ हजार ५०० शैय्याको ‘सुपरस्पेसियालिटी’ केन्द्र (अस्पताल) बनाउने भएको छ । विश्वविद्यालयले महाराजगञ्जमा रहेको आफ्नो ‘टिचिङ’ अस्पतालकै विस्तारित स्वरुपमा कीर्तिपुरमा ‘सुपरस्पेसियालिटी’ केन्द्र बनाउन लागेको हो ।

त्यसका लागि त्रिविले करीव ३०० रोपनी जग्गा छुट्याएको छ । सो जग्गामा मेडिकल सुपरस्पेसियालिटी केन्द्र र राष्ट्रिय रोग निदान केन्द्र बन्ने छन् ।

‘त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) अन्तरगर्त नेफ्रोलोजी तथा युरोलोजी लगायतका अन्य जटिल रोगको अध्ययन् अध्यापन तथा तालिमसहित विशिष्टकृत स्वास्थ्य सेवा प्रदान गर्ने मेडिकल सुपरस्पेस्यालिटी केन्द्र र राष्ट्रिय रोग निदान केन्द्र बनाउने आइओएमकी डीन प्राडा दिव्यासिंह शाहले बताईन । 

 केन्द्र स्थापना गर्नकै लागि गत चैत २० गते बसेको मन्त्रिपरिषद बैठकले सरकारको नाममा रहेका ६० रोपनी जग्गा त्रिविलाई उपलव्ध गराउने निर्णय गरेको छ ।

२० चैतको मन्त्रिपरिषद बैठकले नेपाल सरकारको नाममा रहेको ६० रोपनी जग्गा त्रिविलाई फर्काउने निर्णय गरेको छ । 

Last modified on 2021-04-11 12:49:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts