तुलसीपुरमा आइसियु र भेन्टिलेटर सुविधाको बाल अस्पताल शुरु

What's This?


Download our app to get more features

दाङ, ९ चैत्र । दाङको तुलसीपुरमा एक वर्ष अघि स्थापना भएको तुलसी बाल अस्पतालले आइसियु र भेन्टिलेटर सेवाको शुरुवात गरेको छ । नवजात शिशु र बालबालिकाको उपचारका लागि खोलिएको तुलसी बाल अस्पतालले झण्डै ३५ लाख रुपैयाँको लगानीमा सेवा बिस्तार गरेको अस्पतालका बालरोग विशषज्ञ डा. किशोरकुमार खत्रीले जानकारी दिए ।


आसियु र भेण्टिलेटर सेवा बिस्तार भएपछि अब विशषज्ञ सेवा प्रदान गर्न सहज हुने डा. खत्रीले बताए । आसियु सेवाबाट जटिल प्रकृतिका बिरामीको उपचार हुने र भेण्टिलेटर सेवाबाट श्वास प्रश्वासको समस्या भएका बिरामीलाई कृतिम श्वास प्रश्वासबाट उपचार गरीने डा. खत्रीले बताए ।

नवजात शिशु र र बालबालिकालाई लक्षित गरी खोलिएको अस्पतालमा एक विशषज्ञ २ जना फिजिसियन डाक्टर १२ स्टाफ नर्स र अन्य स्वास्थ्यकर्मी गरी २८ जना जनशक्ति रहेको अस्पताल प्रशासनले जनाएको छ ।


२५ सैयाको अनुमति प्राप्त अस्पतालमा राप्तीका पहाडी जिल्ला सल्यान रुकुम रोल्पा लगायतका क्षेत्रका बिरामीलाई लक्षित गरीएको अस्पतालले जनाएको छ ।

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts