दैनिक ११ हजार कोरोना संक्रमित हुन सक्ने मन्त्रालयको प्रक्षेपण

What's This?


Download our app to get more features

काठमाडौं, ३१ चैत । अहिलेकै गतिमा कोरोना भाइरसको संक्रमण बढे भयावह अवस्था सिर्जना हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकलन गरेको छ।मन्त्रालयले जेठ अन्तिमदेखि असारमा दैनिक ११ हजारको हाराहारीमा संक्रमण पुष्टि हुने आकलन गरेको हो।

जेठ अन्तिम साता र असार पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित हुने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण गरिएको मन्त्री हृदयेश त्रिपाठीले बताए ।  ‘यस्तो नहोस् तर अहिलेको ट्रेण्डका आधारमा यो प्रक्षेपण गरिएको हो’ उनले भने, ‘त्यसका लागि आवश्यक तयारी पनि गरिएको छ ।’

अहिले युवा र कम उमेर समूहमा नयाँ भेरियन्टको संक्रमण देखिनु डरलाग्दो भएको मन्त्री त्रिपाठीले बताए । संक्रमणको चेन ब्रेक गर्न उपत्यकासहित ठूला शहरहरुमा एक महिना विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस गरिएको उनले जानकारी दिए । 

उनका अनुसार विदेशबाट आएकाहरुलाई मुख्य नाकामा नै टेष्ट गर्ने र संक्रमितलाई आइसोलेसन सेन्टर वा अस्पतालमा पठाइने रणनीति बनाइएको छ । यसका लागि मुख्य नाकामा एक हजार जना क्षमताको होल्डिङ सेन्टर बनाउने प्रक्रिया शुरु भएको मन्त्री त्रिपाठीले बताए ।

काठमाडौं उपत्यकाका सबै अस्पताललाई तयारी अवस्थामा राख्न तयारी भएको मन्त्री त्रिपाठीले भने, ‘हाम्रो प्रयत्न मुलुकलाई फेरि बन्दाबन्दीमा पुग्न नदिने हो ।’

अब पनि लकडाउन गरेर पहिलाकै अबस्थामा जान दिदैनौं ।

Last modified on 2021-04-14 09:08:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts