लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ३८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु



Download our app to get more features

रुपन्देही, २ वैशाख । लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका ३८  वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । 

लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले पर्वत पैयुँ ५ का ती पुरुषको उपचारका क्रममा बुधबार मृत्यु भएको बताए । भारतबाट फर्के लगत्तै स्वास्थ्यमा समस्या देखिएपछि उनी उपचारका लागि अस्पताल भर्ना भएको पनि गौतमले बताए ।

बिगत १० दिनदेखि उच्च ज्वरो आएपनि उनको ५ दिन अघि मात्र स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । गत चैत्र २९ गते लुम्बिनी अस्पतालको कोरोना उपचार कक्षमा उनी भर्ना भएका थिए । 

रुपन्देहीमा बुधवार मात्रै ४८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।  

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार बुटवल उपमहानगरमा मात्र २१ जना कोरोना संक्रमित थपिएका छन् । रुपन्देहीमा हालसम्म १ सय ५७ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको छ ।

Last modified on 2021-04-17 13:31:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts