काठमाडौं महानगरमा कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द हुने



Download our app to get more features

काठमाडौं, ३ बैशाख । विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएका काठमाडौँ महानगरपालिकाभित्रका विद्यालय बन्द हुने भएका छन् ।
काठमाडौँ महानगरपालिकाले संक्रमण पुष्टि भएका विद्यालयलाई एक साताका लागि बन्द गर्न दिने निर्णय गरेको हो ।

महानगरपालिकाको सूचना जारी गर्दै कुनै विद्यालयका शिक्षक तथा विद्यार्थी संक्रमित भएको पाइएमा विद्यालयहरु अर्को सूचना जारी नभएसम्म एक साताका लागि विद्यालय बन्द गरी वैकल्पिक माध्यामबाट शिक्षण सिकाइ गराउन अनुरोध गरेको छ । बिहीबार पुतलीसडकस्थित पद्मोदय माविका कक्षा १० का एक विद्यार्थीमा पनि कोरोना पुष्टि भएको थियो ।

अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरोकारवालाको बैठक बसिरहेको छ । बैठकमा शिक्षण संस्थामा कोभिड-१९ ले पारेको असर र आगामी दिनमा अपनाउनुपर्ने विषयका बारेमा निर्णय हुने बताइएको छ ।

Last modified on 2021-04-17 13:28:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts