होलीमा रमाइलो गर्दा दीर्घकालीन असर पनि पर्न सक्छ

What's This?


Download our app to get more features

काठमाण्डौ, ९ चैत्र । होली खेल्नुको सांस्कृतिक महत्वका बारेमा आम मानिसलाई थाहा भएपनि त्यसले पार्ने मनोवैज्ञानिक प्रभावका बारेमा हामी सबै जानकार नहुन सक्छौं । होली पर्व मनाउँदा मानिसमा एक प्रकारको आनन्द महसुस हुन्छ । जसले मानसिक तनावबाट मुक्त भएर क्षणभर मानिस आनन्द महसुस गर्न सक्ला । तर यसको नकारात्मक प्रभाव भने हामीले तत्कालै थाहा पाउँदैनौं ।


पर्वका रूपमा खुसी आदानप्रदान तथा रंग, अबिर तथा खानपानको उपयुक्त प्रयोग गरेर मनाउने धेरै व्यक्ति भए पनि पछिल्लो समयमा होलीका नाममा धेरै नै विकृति भित्रिएको छ । होलीलाई गलत ढंगले प्रयोग गरेका उदाहरण प्रशस्त छन् । होली खेल्ने र पर्व मनाउने बहानामा नशालु पदार्थ, भाङ, रक्सी सेवन नियतबस गर्ने गर्छन् ।

साथै कतिले यसलाई जुवा, तास खेल्ने अधार बनाएका हुन्छन् । अत्यधिक तैलीय (चिल्लो) तथा मसालेदार पदार्थ प्रयोग गर्नाले पनि शरीरलाई हानी गर्ने धेरै छन् । फलस्वरूप बिरामी भएर अस्पताल आउन बाध्य हुन्छन् ।


चाड पर्व मनाउँदा धार्मिक सहिष्णुता र भाइचाराका सम्बन्ध कायम राख्न सहयोग पुग्छ । साथीभाइ र आफन्तसँग भेटघाटले मानिसलाई खुशी र सन्तुष्टि मिल्छ । तर सद्भावका लागि मनाइने होलीलगायत अन्य पर्वमा क्षणिक रुपमा मानिसले पाउने मानसिक सन्तुष्टिसँगै यसका नकारात्मक पाटाहरु पनि हुन्छन् ।


चिकित्सकहरुका अनुसार होलीलगायतका रमाइलो गर्दा सकारात्म सोचाइ राखेमा मात्र प्रतिफल पनि सोही अनुसारका प्राप्त हुन्छ । चाडपर्व मनाउने र रमाइलो गर्ने क्रममा नकारात्मक सोचाइ राख्नेहरुले नै विकृति ल्याउने उनीहरु बताउँछन् ।


‘सकारात्म सोच लिएर चाडपर्व मनाउने वा रमाइले गर्ने हो भने सोही अनुसारको प्रतिफल आउँछ’ मानसिक रोग विशेषज्ञ डा.सरोज ओझाले हाम्रो डाक्टरसँग भने ‘रमाइलो गर्नुअघिको मानसिकता अनुसार परिणाम आउँछ ।’


उनले सकारात्मक सोचाइले मात्र सकारात्मक व्यवहार पाउन सकिने भएकाले सकारात्मक प्रतिफल पाउने बताए ।
 

 

Last modified on 2016-03-22 14:01:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts