कोभिड १९ को फर्जि रिपोर्ट दिने सूरिया हेल्थकेयर प्रयोगशालाको अनुमति निलम्बनमा



Download our app to get more features

काठमाडौं, ९ वैशाख । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सूरिया हेल्थकेयर अन्तर्गत सञ्चालित प्रयोगशालाको अनुमति निलम्बन गरेको छ ।

कोभिड १९ परीक्षणको रिपोर्ट फर्जि जारी दिएको विषयमा अनुसन्धान जारी रहेकाले सूरियाको प्रयोगशाला सञ्चालन अनुमति निलम्बन गरिएको प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले हाम्रो डाक्टर न्यूजलाई बताए ।

उनले प्रयोगशालामाथि फर्जि कोभिड १९ रिपोर्ट जारी गरेको भनि महानगरीय अपराध अनुसन्धान महाशाखाले अनुसन्धान गरिरहेकाले अनुसन्धानको टुंगो नलागेसम्मका लागि प्रयोगशालाको अनुमति निलम्बन गरिएको बताए ।

कोभिड लगायत अन्य प्रयोगशाला सम्बन्धी परीक्षणहरु गर्न सूरियाको प्रयोगशालाबाट जारी भएको प्रयोगशाला सञ्चालन अनुमति निलम्बन गरिएको पनि उनले जानकारी गराए । 

Last modified on 2021-04-22 12:43:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts