अछाममा भारतबाट फर्किएका एक कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

अछाम, ९ वैशाख । १५ दिनअघि भारतको गुजरातबाट अछाम फर्किएका एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 

जिल्लाको साँफेबगर नगरपालिका वडा ६ भाग्यश्वरका ६५ वर्षीय पुरुषको आज बिहान जिल्ला अस्पताल मंगलसेनमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशी बताए ।  

बुधबार बयालपाटा अस्पतालमा गरिएको परीक्षणमा उनीमा कोरोना संक्रमण पुस्टि भएको थियो । कोरोना पुस्टिपछि उनलाई बुधबार नै जिल्ला अस्पतालको आइशोलेसनमा राखेर उपचार गरिएको थियोे । 

योसँगै अछाममा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

Last modified on 2021-04-22 10:18:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts