वीरगञ्जमा कोरोना संक्रमित एक महिलाको मृत्यु



Download our app to get more features

वीरगञ्ज, ९ बैशाख । वीरगञ्जमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । वीरगञ्ज– १६ बस्ने ६१ वर्षीया महिलाको मृत्यु भएको हो ।

वैशाख ७ गते नारायणी अस्पतालमा भर्ना भएकी उनको बिहीबार बिहान सवा १ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक सरोज रोशन दासले जानकारी दिए । बैशाख ३ गते नै उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

ती महिला वीरगञ्ज नर्सिङ कलेजमा भान्छेको रुपमा कार्यरत थिइन् ।  वैशाख ३ गते तीन जना भान्छेमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुलाई होम आइसोलेसनमा राखिएको थियो । वीरगञ्ज नर्सिङ कलेजका २७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts