भेरी अस्पतालमा ३५० को परीक्षण गर्दा २०४ जनामा संक्रमण पुष्टि,  ८६ वर्षीया महिलाको मृत्यु



Download our app to get more features

बाँके, ९ बैशाख । बाँकेको भेरी अस्पतालमा बिहीबार  गरिएको पीसीआर परीक्षणमा थप २ सय ४ जनामा संक्रमण पुष्टि भएको छ । 

भेरी अस्पताल, नेपालगन्जको बिहीबार १० बजेसम्मको रेकर्ड नुसार ३ सय ५० जनाको पीसीआर परीक्षण गर्दा २ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

दैनिक ठूलो संख्यामा कोरोना भाइरस संक्रमित थप भइरहेपछि बुधबार राति १२ बजेदेखि नेपालगन्जमा लकडाउन गरिएको छ । अत्यावश्यक कामबाहेक हिँडडुल पनि बन्द गरिएको छ । लकडाउनले गर्दा नेपालगन्जका बजार पूर्ण रुपमा बन्द छन् ।

यस्तै, नेपालगन्ज मेडिकल कलेजमा ८६ वर्षीया महिलाको मृत्यु भएको छ । वैशाख ७ गते पीसीआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनको बिहीबार बिहान सवा २ बजे मृत्यु भएको छ । कोरोनाबाट अहिलेसम्म बाँकेमा ६७ जनाको मृत्यु भइसकेको छ ।

Last modified on 2021-04-22 17:14:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts