मोतीविन्दुबाट हुने अन्धोपन विरुद्ध लड्नका लागि डा.रुइत र कोहलीबीच सहकार्य

सन् २०२६ सम्म विश्वका अति विपन्न चार लाखको शल्यक्रिया गर्ने लक्ष्य



Download our app to get more features

काठमाडौं, ९ वैशाख । मोतीविन्दुबाट हुने अन्धोपन विरुद्ध लड्नका लागि डा.सन्दुक रुइत र तेज कोहलीबीच सहकार्य भएको छ ।

विश्वको अति विपन्न समूदायहरुमा व्याप्त उपचारको भेदलाई अन्त्य गरी अन्धोपनलाई हटाउन तेज कोहली एण्ड रुइत फाउण्डेसन सुरु गरिएको छ । 

लामो समयदेखिको उपचार गर्न सकिने अन्धोपन हटाउने अभियानलाई एकै ठाउँमा ल्याउनका लागि फाउण्डेशनले सहयोग गर्ने विश्वास गरिएको छ ।

फाउण्डेसनले डा.रुइत तथा तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक विशेषज्ञता र कोहलीको विश्वव्यापी जनस्तर परियोजनाहरुको अनुभवलाई जोड्ने काम गर्ने पनि बताइएको छ ।

डा. रुइतले सहकार्य पत्रमा हस्ताक्षर गर्दै भने, “हामीले उपलब्ध गराउने सबैको पहुँचमा पुग्ने उपचारहरुको लागि विश्वमा ठूलो आवश्यकता रहेको छ । हामीसँग विशेषज्ञता, श्रोतहरु  र उत्साह हुनेछ जसले यस समस्यालाइ पूर्णरुपले नयाँ मापनसँग समाधान गर्नेछ ।” 

उनले थपे, “तेज कोहली र मेरो लागि यसमा सफलता हामीले कल्पना गरेर भन्दा ठूलो कुरा हासिल गर्नु हो । हामीले अहिल्यै नेपालमा वार्षिक तीस हजार  र भारत लगायत दक्षिण एशियामा मा गरी असी हजार बिरामीको शल्यकृया गर्ने व्यवस्था मिलाउने प्रण गरिसकेका छौं ।

फाउण्डेसनले आफ्नो पहिलो दुई वर्षमा करिव डेढ लाख मोतिविन्दुको शल्यक्रिया गर्ने लक्ष्य लिएको छ । 

यस कार्यको शुरुवातको रुपमा नेपालको लुम्बिनी, सोलुखुम्बु, गेटा आँखा अस्पताल धनगढी, रामलाल गोल्छा आँखा अस्पताल विराटनगर, राप्ती आँख अस्पताल दाङ्ग, फत्तेवाल आँखा अस्पताल वाँके, जानकी आँखा अस्पताल जनकपुर, सुर्खेत आँखा अस्पताल सुर्खेत गरि छ ठाउँमा करिव २ हजार शल्यकृया सम्पन्न भइसकेको छ ।

यसको प्रभावकारीता मापन गर्नका लागि यी स्थानमा शल्यकृया लगायत नेत्ररोग विशेषज्ञ, नेत्र सहायक तथा प्राविधिक टोली लाई आवश्यक तालिम प्रदान गरी फाउन्डेशनको पाइलट प्रोजेक्टको विभिन्न आयाममा हामी भविष्यको दक्षता अभिवृद्धिको रुपमा समेत अध्ययन भइरहेका छ । 

नेपालको साथ उत्तरी भारत, इन्डोनेसिया, म्यानमार, बंगलादेश, उत्तर कोरिया, अफगानिस्तान, रुवाण्डा, तान्जानिया, लेवनान, भुटान, इराक, घाना, इथियोपिया, कम्वोडिया, नाइजेरिया र सिरिया लगायतका देशहरुमा शल्यक्रिया सञ्चालन गर्ने फाउण्डेशनको योजना रहेको छ । 

फाउण्डेशनका अर्का व्यक्ति तेज कोहलीले फाउण्डेसनको लक्ष्य भनेकै स्थानिय समुदायमा हजारौ विपन्नको उपचार गरी पुर्नज्योती प्रदान गर्नु रहेको बताए । उनले यस कार्यको लागि फाउन्डेशनले विभिन्न ठाउँमा विभिन्न संस्थाहरुसंग सहकार्य गर्ने पनि बताए ।

उनले हरेक शल्यकृयाले स्थानिय रुपमा पार्ने सामाजिक र आर्थिक प्रभावको आधारमा स्थानिय प्राविधिकहरुलाई प्रशिक्षण दिएर स्थायी सामुदायिक आँखा अस्पतालको संजाल विस्तार गरिने लक्ष्य लिएको जानकारी गराए । 

कोहलीले भने, “जब तपार्इंले कसैलाई पूनःदृष्टि दिनुहुन्छ, उनीहरुलाई दोस्रो जिवन प्रदान गर्नुहुन्छ । उनिहरु आर्थिक रुपमा सक्रिय हुन सक्छन्, आनन्द लिन सक्छन् र आफ्नो परिवारको हेरचाह गर्न सक्छन् । अझै विश्वमा लाखौ मानिस दृष्टिविहिन नै छन् किनकि उनीहरुसँग उपचारको पहुँच छैन । सन्दुक रुइतसँगको यो सहकार्य मार्फत हामीले सम्भाव्य रुपमा दश लाखभन्दा बढी मानिसहरुलाई सेवा पुर्याउने छौं । ”

डा.सन्दुक रुइत र तेज कोहलीले सन् २०२६ सम्म विश्वका अति विपन्न समुदायमा मोतिविन्दुबाट दृष्टिविहिन चार लाखको शल्यक्रिया गर्ने तय गरेका छन् । 

विश्वव्यापी चरम गरिवी निवारणको कमीले गर्दा विश्वको सबैभन्दा गरिव देशहरुमा सरदर आयु र जनसंख्यामा वृद्धि भैरहेकोछ । यद्यपी यसको अर्थ यो पनि हो कि उपचार नगरीएका मोतिविन्दुको संख्या एकदम छिटो बढिरहेको छ । अन्धोपनको प्रमुख कारण मोतिविन्दु हो । 

विश्वको कुल जनसंख्यामध्ये नौ करोडमा मोतिविन्दुको समस्या देखिएको मा करिव एकतिहाइको मात्र शल्यकृयामा पहुँच छ भने करिव दुइ तिहाइ पहुँच नभएका मानिसहरु न्युन आय भएको देशहरुमा वसोवास गर्दछन । मोतिविन्दुको कारणले गम्भिर आर्थिक, मानसिक र सामाजिक समस्या निम्त्याउँछ । सानो समुदाय मात्र शल्यक्रिया गर्न सक्षम छन् किनकि ठुलो समुदायमा उपचारको लागि पहुँच वा स्वास्थ्य सेवा सम्बन्धी जानकारी नै छैन । 

Last modified on 2021-04-22 17:15:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts