एकैदिन १० हजारभन्दा बढी कोरोना परीक्षण, २ हजार ४ सय २८ जनामा संक्रमण पुष्टि



Download our app to get more features

काठमाडौं, ९ वैशाख । नेपालमा कोरोना संक्रमणको दर दैनिक बढ्दै  गएको छ ।

पछिल्लो एक सातादेखि नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या औसतमा २ हजार नाघिसकेको छ । 

पछिल्लो २४ घन्टामा मात्रै २ हजार ४ सय २८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा देशभर १० हजार ४ सय ४८ नमूना परीक्षण गरिएको छ । जसमा १० हजार १ आरटी पिसिआर परीक्षण गर्दा २ हजार ३ सय ६५ र ४ सय ४७ एन्टीजेन परीक्षण गर्दा ६३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको छ ।

यस्तै गत २४ घन्टामा संक्रमित थपिनेभन्दा निको हुने दर घट्दै गएको छ । मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २ सय ५२ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये निको हुनेको संख्या २ लाख ७६ हजार ३ सय ४५ पुगेको छ । यो दर कुल संक्रमितको ९४ दशमलव ६ प्रतिशत हो ।

हाल नेपालभर सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय ९० रहेको छ ।

Last modified on 2021-04-22 17:59:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts