कोरोनाका गम्भीर बिरामी अस्पताल भर्ना हुने दर बढ्यो, १ सय ७० जना आईसीयूमा

२४ घन्टामा ५ जनाको कोरोनाका कारण मृत्यु



Download our app to get more features

काठमाडौं, ९ वैशाख । नेपालमा कोरोना संक्रमणपछि अस्पताल भर्ना हुने बिरामीको संख्या बढ्दै गएको छ ।

दैनिक संक्रमित थपिने दर बढेसँगै गम्भीर प्रकृतिका बिरामी अस्पताल भर्ना हुने दर बढेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीवार देशभर १ सय ७० जना आईसीयूमा उपचाररत छन् भने ५९ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ । 

यस्तै एक महिना अघि कोरोनाका कारण मृत्यु दर शून्यमा झरेकोमा पछिल्लो समय मृत्युदर पनि बढ्दै गएको छ । मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा देशभर ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार १ सय १७ पुगेको छ । यो दर कुल संक्रमितको १ दशमलव शून्य ७ प्रतिशत हो ।

हाल नेपालभर रहेका सक्रिय संक्रमितमध्ये ११ हजार ६ सय ७५ जना होम आइसोलेसनमा छन् भने १ हजार १५ जना संस्थागत आइसोलेसनमा छन् ।

Last modified on 2021-04-23 06:49:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts