भारतबाट बझाङ फर्किएका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु



Download our app to get more features

बझाङ, ९ वैशाख । बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाको जयपृथ्वी नगरपालिका–६ का ४८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल सिमखेतका कोभिड फोकल प्रसन नारायण जोशीले जानकारी दिएका छन् ।

संक्रमित भारतको तामिललाडुबाट चैत २९ गते बझाङ फर्केका थिए । जिल्ला अस्पताल सिमखेतको प्रयोगशालामा बैशाख १ गते एन्टिजेन्ट विधिबाट परीक्षण गर्दा उनीमा संक्रमण पुस्टि भएको थियो । 
 
संक्रमितको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारको लागि कोहलपुर लैैजादै गर्दा बाटोमै मृत्यु भएको जोशीले बताएका छन् ।

Last modified on 2021-04-22 20:11:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts