वीर अस्पतालमा ५ जना चिकित्सक सहित १५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण



Download our app to get more features

काठमाडौं, १० बैशाख । वीर अस्पतालमा ५ जना चिकित्सक सहित १५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । कोरोनाविरुद्धको खोप लगाएका  स्वास्थ्यकर्मीहरु संक्रमित भएका हुन । 

अस्पतालका कोभिड फोकल पर्सन डा. अच्युत कार्कीले भने, नेपालमा अहिले पनि कोभिडविरुद्धको खोप लगाएपछि कोरोना लाग्दैन वा सर्न सक्दैन भन्ने भ्रम धेरैमा छ । तर विज्ञहरुले त्यस्तो भ्रममा नपर्न आग्रह गरिरहेका छन् । उनीहरुले भनेका छन्, ‘कोभिडबिरुद्धको खोपले कोरोना नलाग्ने वा नसर्ने भन्ने होइन । यसले सिकिस्त पार्ने सम्भावनालाई घटाउने हो । ज्यानै जाने सम्भावना कम गर्ने हो । वीरमा पनि भएको त्यहि हो ।’

वीर अस्पतालको कोभिड आइसोलेसन सेन्टरमा अहिले ३३ जना कोरोना संक्रमित उपचारमा रहेको बताइएको छ । त्यसमध्ये ३ जना भेन्टिलेटरमा र ८ जना आइसीयूमा रहेको समेत डा. कार्कीले जानकारी दिए ।

कोरोनाको दोस्रोलहरमा संक्रमण हुने क्रमले तिब्रता पाएपछि सरकारले वीर कै नयाँ सर्जिकल भवनमा समेत कोभिडको उपचार गर्ने तयारी थालेको छ ।

Last modified on 2021-04-23 09:43:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts