डडेल्धुरा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा



Download our app to get more features

डडेल्धुरा, १० बैशाख । डडेल्धुरालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको छ।
‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराकासाथ कोरोना भाइरसको त्रासका बीच डडेल्धुरालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको हो।
जिल्लाका ७ वटै स्थानीय तह अमरगढी र परशुराम नगरपालिका, अजयमेरु, भागेश्वर, नवदुर्गा, आलिताल र गन्यापधुरा गाउँपालिकालाई यस अगाडी नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि बिहीबार जिल्लालाई नै घोषणा गरिएको स्वास्थ्य कार्यालय डडेल्धुराले बताएको छ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts