सेती प्रादेशिक अस्पताल कोरोना संक्रमितले भरिँदै 



Download our app to get more features

धनगढी, १० बैशाख । सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पताल संक्रमितले भरिन थालेको छ। ५० शय्याको अस्पतालमा अहिले ३७ जना संक्रमित उपचाररत छन्। तीमध्ये ३ जनालाई भेन्टिलेटर र १० जनालाई आइसियूमा राखेर तथा १० जनालाई अक्सिजन सपोर्ट दिएर उपचार भइरहेको छ।
अस्पतालमा १० वटा भेन्टिलेटर र २० वटा आइसियू बेड छन्।  प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले अहिले दैनिक १० जनासम्म संक्रमित भर्ना हुन आइरहेको बताए। यहि हाराहारीमा संक्रमित आऐ अस्पताल छिट्टै भरिने उनले बताए। 
अहिले जिल्लाभर ३ सय ३८ सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। ८६ जनालाई धनगढीको कनरीस्थित आइसोलेसनमा राखिएको छ। बाँकी होम आइसोलेसनमा छन्।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts