बझाङमा भेन्टिलेटर हुँदाहुँदै पनि चलाउने जनशक्ति नभएर कोरोना संक्रमितले गुमाए ज्यान



Download our app to get more features

धनगढी, १० बैशाख । बझाङको जयपृथ्वी नगरपालिका–६ का ४८ वर्षीय कोरोना संक्रमित पुरुषको बिहिबार जिल्ला अस्पतालबाट कोहलपुर लैजाने क्रममा मृत्यु भयो। 
जिल्ला अस्पतालमा दुई थान भेन्टिलेटर भएपनि चलाउने जनशक्ति नहुँदा बिरामीलाई कोहलपुर रेफर गरेको स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले दिनेशखबरलाई बताए। तर कोहलपुर पुग्न नपाउँदै ती संक्रमितले बाटोमै ज्यान गुमाए। 

जिल्ला अस्पतालमा दुई थान भेन्टिलेटर प्रदेश सरकारले पठाएको थियो।  तर चलाउने जनशक्ति नहुँदा ती दुवै भेन्टिलेटर थन्किएका छन्। यतिसम्मकी अस्पतालमा रहेको पीसीआर मशिन चलाउने जनशक्ति समेत नहुँदा पछिल्लो समय त्यहाँ कोरोना परीक्षण हुन सकिरहेको छैन।
 

Last modified on 2021-04-23 15:52:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts