दाङमा कोरोना संक्रमितको सख्या बढेसँगै अस्पतालमा बेड अभाव

होम आइसोलेसनमै बिरामी बस्न बाध्य



Download our app to get more features

दाङ, १२ वैशाख। दाङमा कोरोना संक्रमितको सख्या बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेको छ ।

दाङको बेलझुन्डीमा रहेको एक मात्र कोरोना अस्पताल कोरोना विशेष अस्पताल बेलझुन्डीमा जम्मा ३८ बेड मात्र रहेको छ । तर रहेक दिन दाङमा कोरोना संक्रमतिको संख्या थपिदै गएको छ । जसका कारण पनि कोरोना संक्रमितहरु होम आइसोलेसनमा नै बस्नु पर्ने वाध्यता आएको छ ।

प्रदेशस्तरीय कोरोना अस्पतालको रुपमा संचालनमा आएको भएपनि कोरोना विशेष अस्पताल बेलझन्डीमा अहिले दाङका बिरामीसमेत नअटाउने अवस्था सृजना भएको छ ।

३८ बेड रहेको दाङको बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा अहिले ४२ संक्रमितको उपचार भइरहेको छ । जसमध्ये पाँच जनालाई आईसीयूमा र ३७ जनालाई अक्सिजन दिएर एचडी बेडमा राखिएको कोरोना विशेष अस्पतालका व्यवस्थापक दोर्ण वोलीले बताए ।

दाङमा कोरोना संक्रमित थपिएपनि उनिहरुका लागि बेड अभाव भएको छ । ‘दाङमा मात्र होइन लुम्बिनी प्रदेशमा नै बेडको अभाव छ” वलिले भने ‘नयाँ संक्रमित कसरी व्यवस्थापन गर्ने समस्या भएको छ ।”

बेलझुन्डीलाई प्रदेशस्तरको कोरोना अस्पतालको रुपमा स्थापना गरी दाङलगायत छिमेकी जिल्लाका बिरामी राख्ने योजना भए पनि अहिले दाङकै बिरामीका लागि बेड अभाव भएको छ । बेलझुन्डीमा अहिले एक जना रोल्पाका संक्रिमत छन् भने बाकी सबै दाङका रहेका छन् ।

अक्सिजनको अभाव

जोखिम बढेसँगै कोरोना बिशेष अस्पतालहरुलाई थप सशक्त बनाउन सरकारले निर्देशन पनि दिएको छ । तर, जिल्ला स्थित कोरोना विशेष अस्पताल बेलझुन्डीमा भने अक्सिजन अभाव हुने अवस्था आएको छ ।

कोरोनाका संक्रिमित दिनदिनै बढिरहेका छन्, तर अस्पतालमा अक्सिजनको कमि भएको छ ।

लुम्बिनी प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले कोरोना विशेष अस्पताल बेलझुन्डीकोे क्षमता विस्तार गर्ने र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कोभिड बिरामीको उपचार सेवा विस्तार गर्ने निर्णय गरेको थियो । तर अहिलेसम्म संघिय, प्रदेश तथा स्थानियतह कुनै बाट पनि व्यवस्थापनको थप काम नभएको व्यवस्थापक वलीले बताए ।

उनले भने‘अस्पताल कम्पाउण्ड भित्र छिरेका बिरामीलाई कसरी सत प्रतिशत बचाउन सकिन्न भन्ने मात्र उपाएमा लागेका छौ ।” ५ दिनदेखि प्रदेशमा समस्या जानकारी गराएपनि कुनै किसिमको सहयोग प्राप्त भएको छैन ।

वलीका अनुसार यदि संक्रमित थपिदै जाने हो भने कोरोना विशेष अस्पतालमा अक्सिजन पूर्ती गर्न गाह्रो हुनेछ । यस तर्फ समयमै ध्यान नदिने हो भने दाङमा कोरोनाबाट ज्यान गुमाउने संख्या बृद्धि हुने निश्चित छ । आइतबार मात्र पनि कोरोना विशेष अस्पतालमा घोराही १५ का एक जना पुरुषको मृत्यु भएको छ ।

Last modified on 2021-04-26 07:59:43

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts