दाङस्थित कोरोना विशेष अस्पताल बेलझुन्डीमा अक्सिजन अभाव, उपचारमा समस्या



Download our app to get more features

दाङ, १८ वैशाख । जोखिम बढेसँगै कोरोना विशेष अस्पतालहरुलाई थप सशक्त बनाउन सरकारले निर्देशन दिएको छ । तर, दाङको बेलझुन्डीमा रहेको एक मात्र कोरोना अस्पताल कोरोना विशेष अस्पताल बेलझुन्डीमा भने अक्सिजन अभाव भएको छ । 

हरेक घण्टा ५ देखि ७ वटा अक्सिजनको सिलिण्डर खपत हुदै आएको बेलझुन्डीमा अहिले मात्र १६ वटा सिलिण्डर बाकी रहेको कोरोना विशेष अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताए । 

‘कोरोनाका संक्रिमित दिनदिनै बढिरहेका छन्, तर अस्पतालमा अक्सिजनको कमि भएको छ” वलिले भने ‘यसरी कसरी बिरामीको उपचार गर्ने ?”

अस्पतालमा रहेको अक्सिजनले अब करीब तीन घण्टा मात्र पुग्छ । व्यवस्थापक वलीका अनुसार नेपालगंजबाट अक्सिजन हिडिसकेको छ । तर समयमा आउनेमा उनी ढुक्क छैनन् । 

‘प्रमुख जिल्ला अधिकारीले नेपालगंजबाट अक्सिजन हिडीसकेको जानकारी दिनु भएको छ” वलीले भने ‘गाडी बिग्रीएर समयमा अक्सिजन आउन नसके भित्र बिरामी मर्न सुरु गछर्न ।”

अहिले कोरोना विशेष अस्पतालमा ३८ बेड मात्र रहेको छ । यदि दैनिक ३ सय सिलिण्डर अक्सिजनको व्यवस्थापन गर्न सकिएमा एक सय बेड सञ्चालन गर्न कोरोना विशेष अस्पताल बेलझुण्डी तयारी अवस्थामा रहेको छ । जसका लागि अस्पतालले भोली एक सय २० जना जनशक्ति माग गर्दैछ । 

‘बेड संख्या भन्दापनि अक्सिजनको माग बढी छ” वलीले भने ‘सरकारले सिलिण्डर उपलब्ध गराउन सके हामी एक सय बेड सञ्चालन गर्न तयारी अवस्थामा रहेका छौ ।”

Last modified on 2021-05-01 20:01:03

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts