बी एन्ड सीलाई ३०० शैयाको अनुमति

What's This?


Download our app to get more features

झापा १२ साउन । झापाको बिर्तामोडमा रहेको बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरले तीनसय श्ययाको अस्पताल सञ्चालनका लागि अनुमति पाएको छ । 

स्वास्थ्य संस्था स्थापना, स्तरोन्नति तथा सञ्चालन निर्देशिका, २०७० (पहिलो संशोधन २०७१) बमोजिम मन्त्रिस्तरीय निर्णयबाट अस्पताललाई सञ्चालनको अनुमति दिएको अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंले जानकारी दिए । 

पूर्वमै पहिलोपटक नीजि क्षेत्रमा बी एन्ड सीले यति धेरै शैयाको अस्पतालको स्वीकृति पाएको दाबी अस्पतालको छ । विसं २०७१ फागुन १८ गते उद्घाटन भई सोही वर्ष चैत ८ गतेदेखि सेवा प्रारम्भ गरेको अस्पतालले सरकारले तोकेका भवन संहितालगायतका प्राविधिक मापदण्ड पूरा गरेको पनि दाबी गरिएको छ । 


रासस
 

Last modified on 2016-07-27 12:48:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts