दाङको लमहीमा २५ शय्याको एचडीयू अस्पताल सञ्चालमा



Download our app to get more features

दाङ, २१ वैशाख । दाङको लमहीमा कोरोना संक्रमितको उपचारका लागि २५ शय्याको एचडीयू अस्पताल सञ्चालनमा आएको छ । 

देउखुरी उपत्यका अन्तरगतका चार पालिकाहरुको संयुक्त पहलमा कोरोना संक्रमितहरुलाई राख्नको लागि लमहीको रातोडाँडामा अवस्थित नेत्रलाल अभागी स्मृति प्रतिष्ठानको भवनलाई एचडियू सहितको अस्पताल सञ्चालनमा ल्याइएको हो । 

देउखुरी क्षेत्रका चार पालिकाको विशेष पहलमा अस्पताल निर्माण सम्पन्न गरी संक्रमितको उपचार शुरु गरिएको अस्पतालका प्रमुख डा. पुष्प भुसालले बताए । 

उनले भने ‘जिल्लामा शैय्या अभाव भइरहेको बेलामा अस्पताल सञ्चालमा आउदा कोरोना संक्रमितको उपचारमा केही सहज हुने छ ।”

पहिलो चरणमा १२ शैय्या तयारी अवस्थामा रहेको र छिट्टै शैय्या थपगरी २५ पुर्याइने प्रमुख डा.भुषालले बताए । उनका अनुसार अस्पतालमा तीन जना कोरोना संक्रमितको अक्सिजन सहित उपचार भइरहेको छ । 

राप्ती गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतका अनुसार देउखुरी क्षेत्रका चार वटा पालिकाहरु लमही नगरपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकाले तत्कालका लागि २०/२० लाख रुपैयाँगरी ८० लाख जम्मा गरी अस्पतालको ब्यवस्थापन गरिएको हो ।

राप्ती गाँउपालिका वडा नम्बर ४ मौरिघाटमा अवस्थित राप्ती प्राविधिक शिक्षालयमा सञ्चालन हुदै आएको देउखुरी आइसोलेसन सेन्टर मंसिर १ गतेदेखि बन्द भएपछि देउखुरी क्षेत्रमा आइसोलेन अस्पताल खड्किएको थियो । 

लुम्बिनी प्रदेशको राजधानी घोषणसँगै राप्ती प्राविधिक शिक्षालयमा प्रदेश सभा सञ्चालना लागि उक्त सेन्टर बन्द गरीएको थियो । 

गत वर्ष कोरोना सक्रमण फैलिएको अवस्थामा क्यारेन्टाइ बनाइएको नेत्रलाल अभागी स्मृति प्रतिष्ठानलाई अहिले विस्तार गरी अक्सिजन सहितको कोरोना अस्पताल बनाइएको हो ।

Last modified on 2021-05-04 18:36:07

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts