लुम्बिनी प्रदेशमा ४८ घन्टामै फेरिए स्वास्थ्य मन्त्री, दुई सातामा तीन जना परिवर्तन



Download our app to get more features

रुपन्देही, २२ वैशाख । लुम्बिनी प्रदेशमा दुई दिनमै स्वास्थ्य मन्त्री परिवर्तन भएका छन् ।

मंगलवार मन्त्रीपरिषद विस्तारसँगै लुम्बिनी प्रदेशमा स्वास्थ्य मन्त्री पनि परिवर्तन भएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मंगलवार मन्त्रीपरिषद् विस्तार गर्दै नयाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भोज प्रसाद श्रेष्ठलाई नियूक्त गरेका छन् । उनी रुपन्देही २ बाट निर्वाचित सांसद हुन् ।

यसअघि, आइतबार मात्रै मन्त्री मण्डल विस्तार गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी हरि रिजाललाई दिइएको थियो । ४८ घन्टामै मन्त्री परिवर्तन भएको यो पहिलो घटना हो । रिजाललाई भने ग्रामिण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
 
वैसाख ६ गते पहिलो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गठन भएको लुम्बिनी प्रदेशमा दुई साता मै तीन मन्त्री परिवर्तन भइसकेका छन् ।

Last modified on 2021-05-05 09:23:33

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts