ग्यास्ट्राइटिस अर्थात् ग्यास्ट्रिकबाट पीडित हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस



Download our app to get more features

ग्यास्ट्राइटिस अर्थात् ग्यास्ट्रिक नेपालीमा हुने आम समस्या बनिसकेको छ । ग्यास्ट्रिक समस्या भएका बिरामी हरेक घरघरमा भेटिन्छ । सामान्य कुरामा ध्यान नदिँदा ग्यास्ट्रिकले समस्या बल्झाउँदै जान्छ । त्यसकारण ग्यास्ट्रिकको समस्या भएमा वा यसबाट जोगिनका लागि सबैले ध्यान दिनुपर्ने हुन्छ ।

समयमै खाना नखाँदा, धेरै चिल्लोपिरो खाना खानाले, एसेडिक खाना खाँदा, रक्सीको सेवन गर्ने लगायतका बानीले ग्यास्ट्रिकको समस्या हुन जान्छ ।
 
ग्यास्ट्रिकको समस्या भएपछि पेट फुल्ने, मानिसमा ढ्याउढ्याउ हुने, पेट दुख्ने, वाकावाकी लाग्ने, मुखमा अमिलो पानी आउने, कब्जीयत हुने वा पखाला लगाउने समस्या देखिन्छ ।

यसबाट जोगिनका लागि समय समयमा खाना खाने गर्नुपर्छ, धेरै मसालेदार लगायतका खानाहरु खानु हुँदैन, दुखाई कम गर्ने  औषधिको अनावश्यक र अत्यधिक सेवन गर्नु हुँदैन । राम्रोसँग पकाएको खाना र सकेसम्म सादा खान खानुपर्छ ।

ग्यास्ट्रिकको समस्या समाधान र जोगिने उपायबारे डा. फिलिप यसो भन्छन्, हेरौं भिडियोमा

 

Last modified on 2021-05-05 21:28:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts