निःशुल्क आँखा शिविर

What's This?


Download our app to get more features

पाल्पा, १० चैत । जापानका नागरिक समाजसेवी काजुमासा काकिमी (ओकेबाजे) को आर्थिक सहयोगमा जिल्लाको दुर्गम भेगमा पर्ने गल्धाको पिपलभन्ज्याङ्मा मंगलबार एकदिने निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । 

जुनतारा समाज गल्धाको आयोजनामा भएको शिविरमा १ सय ७४ जना आँखाका बिरामीले आँखा परीक्षण गराएकामा १५ जनामा मोतियाविन्दुको समस्या देखिएको छ । थप उपचारका लागि आउँदो २८ गते रामपुरमा हुने शल्यक्रियासहितको आँखा शिविरमा रिफर गरिएको छ । मोतियाविन्दुका बिरामीका लागि उपचार खर्च लायन्स क्लब अफ रामपुरले सहयोग गर्ने अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताए । 

शिविरमा युनाइटेड मिसन अस्पताल तानसेनका दन्त रोग विशेषज्ञ डा रोशन खरेलसहितका टोलीसँग १ सय ३७ जनाले दाँतको परीक्षण गराएका छन् । शिविरमा आँखा र दाँतका समस्या भएका बिरामीलाई निःशुल्क औषधि तथा चस्मा वितरण गरिएको थियो । औषधिसहितको निःशुल्क उपचार सेवा गाउँमै पाएपछि यस क्षेत्रका स्थानीयबासी खुसी भएका छन् । 

समाजसेवी ओकेबाजेले दुर्गम भेगका गरिब, असहाय, अशक्त, वृद्धवृद्धालाई उपचारका लागि सहज होस् भन्ने उद्देश्यले गाउँमै सेवा दिएको जानकारी दिए । 

रासस
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts