नाक र घाँटीमा प्रदूषणले हुने समस्या र जोगिने उपायबारे डा.राई यसो भन्छन् (भिडियोसहित)



Download our app to get more features

पछिल्लो समय मुलुकमा बढ्दो प्रदूषणका कारण नाक र घाँटीमा समस्या बढ्दो क्रममा छ । दैनिक प्रदूषणका कारण मानिसको नाक र घाँटीको स्वास्थ्यमा समस्या हुने र समयमै उपचार गरिएन भने त्यसले ठूलो समस्या निम्तिन सक्छ ।

हुन त हाल मुलुकमा कोरोना महामारीका कारण जारी निषेधाज्ञाका कारण वायु प्रदूषणको दरमा कमी आएको छ । तर, पनि प्रदूषणको असर लामो समयसम्म रही रहने हुँदा नाक र घाँटीमा एलर्जी हुन सक्छ । 

नेपालमा पछिल्लो समय बढ्दो प्रदूषणका कारण नाक र घाँटीको समस्या लिएर असपताल आउने वा फोनमै सम्पर्क गर्नेहरुको संख्या बढ्दो छ । प्रदूषणको एलर्जीका कारण नाकबाट रगत बग्ने र समयमै उपचार नहुँदा मासु पलाउने र समस्या जटिल बन्ने हुन्छ । यस्तै घाँटीमा पनि एलर्जी हुने र श्वासप्रश्वासमा समस्या हुन सक्छ । त्यसकारण नाक र घाँटी जस्तो संवेदनशिल अंगमा समस्या भएसँगै सम्बन्धीत विशेषज्ञसँग परामर्श लिइहाल्नु पर्छ ।

नाक र घाँटीमा प्रदूषणले हुने समस्या र जोगिने उपायबारे डा.किरण राई यसो भन्छन्, भिडियो हेर्नुहोसः

Last modified on 2021-05-11 08:21:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts