हेपाटाइटिस भनेको के हो ? यसबाट कसरी बच्ने ?

सन्दर्भ : विश्व हेपाटाइटिस दिवस



Download our app to get more features
Spark_health_home Mountain Heart Nepal

हेपाटाइटिस रोग एक किसिमको कलेजो सुन्निने रोग हो । यो रोग भाइरसद्वारा कलेजोमा सक्रमण हुने सरुवा रोगको रुपमा पहिचान गरिएको छ । कलेजोमा हुने हेपाटोट्रोपिक भाइरसको संक्रमणलाई भाइरल हेपाटाइटिस भनिन्छ ।

रोगको सर्ने तरिका र दीर्घकालिन असरलाई अध्ययन गर्दा भाइरल हेपाटाइटिस ए, बी, सी, डी र इ लाई पनि दुई समूहमा बाँड्न सकिन्छ । पहिलो समूहमा ‘ए र इ’ बिरामीको दिसाबाट प्रदुषित पानी तथा खानेकुराबाट सर्छन् र कलेजोमा असर गरेपनि दीर्घकालिन असर भने गर्दैनन् ।

vayoda

Hamro Doctor Apps2

अर्को समूहमा बी, सी र डी पर्दछन् । यो रगत, रगतजन्य पदार्थ, सिरिन्ज, शारीरिक तरल पदार्थ, असुरक्षित शारीरिक संपर्क र आमाबाट बच्चामा सर्दछ । यो दीर्घकालिन प्रकृतिको पनि हुन्छ र कलेजोलाई नराम्रोसँग असर गर्दछ, क्षत बिक्षत गराउँछ ।

हेपाटाइटिस ए र ई
हेपाटाइटिस ए एक जीर्ण संक्रामक रोग हो । हेपाटाइटिस ए इन्टेरो भाइरसको कारणले गर्दा कलेजोमा संक्रमण हुने गर्छ । बिशेषगरी यो भाइरस बालबालिकामा बढी र वयस्कहरुमा कम देखिन्छ । बालबालिकाले संक्रमित दिशा भएको पानी या खानेकुरा खाएमा यो भाइरसको संक्रमण हुने सम्भावना बढी हुन्छ । जस्तै स्कुले बालबालिकालाई ।

हेपाटाइटिस ए र ई दुवै आर एन ए हुन् । हेपाटाइटिस ए बढी मात्रामा बालबालिकामा देखिन्छ भने हेपाटाइटिस इ चाँही वयस्क र विशेष गरी गर्भवति महिलामा बढी असर गरेको देखिन्छ । संसारमा हेपाटाइटिस ए विरुद्धको खोप बनिसकेको छ भने हेपाटाइटिस इ विरुद्धको खोप अझै बनिसकेको छैन् ।

लक्षण
अरू हेपाटाइटिस रोगहरूको जस्तै यसको लक्षणहरू शरीर दुख्ने, वाकवाक आउने, सामान्य ज्वरो आउने, थकान महसुस हुने, खाना नरुच्ने आँखा र छाला पहेँलो हुने (जण्डिस), पेट दुख्नुको साथै रुघा खोकीको जस्तो लक्षणहरु देखिन्छन् । 

दुवै भाइरस संक्रमण भएको दुईदेखि छ हप्ताको बीचमा लक्षण देखा पर्ने गर्छ । हेपाटाइटिस ए र इ कोे संक्रमित व्यक्तिको जुठो खानाले पनि फैलन सक्छ । एकपटक संक्रमित भएपछि उक्त व्यक्ति जीवनभर यसबाट फेरि संक्रमित हुँदैन ।

रोकथाम
हेपाटाइटिस ए रोकथामको लागि खोप प्रभावकारी हुन्छ । रोकथामका अन्य उपायहरूमा राम्रोसँग हात धुने र खानेकुरालाई राम्ररी पकाउएर खाने र उमालेको शुद्ध पानी पिउने । 

वाकवाकी वा पखाला को लागि आवश्यकता अनुसार विश्राम र औषधिहरू सिफारिस गरिन्छ । बिरामीले खानेकुरामा मुख बार्नु पर्दैन तर धेरै चिल्लो खानेकुरा नखाने र सजिलै पच्ने खाने कुरा खानुपर्दछ । यो रोग कुनै औषधी उपचार नगरेर पनि आँफै सन्चो हुन्छ । जटिल रुप लिएमात्र अस्पताल भर्ना गर्नुपर्दछ ।

हेपाटाइटिस बि, सि र डि

हेपाटाइटिस बि मानिसमा मात्र लाग्ने हेपड्ना समूहको डिएनए भाइरसबाट सर्ने रोग हो । हेपाटाइटिस सि भन्दा  १० गुणा र एड्स भन्दा १ सय गुणा बढी संक्रामक भएकोले पनि हेपाटाइटिस बिलाई बढी खतरनाक मानिन्छ ।

विश्वमा ४० करोड व्यक्ति यस रोगको सिकार भइरहेका छन् । यीमध्ये १५ देखि ४० प्रतिशत मानिस सिरोसिस वा लिभर क्यान्सरबाट पीडित छन् भने धेरैकोे अकालमा मृत्यु भइरहेको छ ।

हेपाटाइटिस बि भाइरस मानव शरीरभित्र प्रवेश गरेपछि यसले आफ्नो उपस्थिति जनाउन वा लक्षण देखाउन चार हप्तादेखि छ महिनासम्म लाग्छ । वयस्क अवस्थामा रोग प्रवेश गर्दा ९० देखि ९९ प्रतिशत एक्युट एबिभीका रुपमा देखापर्छ । त्यसमध्ये लक्षण देखाउने २५ प्रतिशत मात्र बिरामी हुन्छन् । लक्षण र बिनालक्षणबाट प्रभावित बिरामी ९५ प्रतिशतभन्दा बढी आफैं निको भएर जान्छन् । 

आमाबाट बच्चामा सर्ने हेपाटाइटिस बि ९० प्रतिशत क्रोनिक हुन्छ, त्यसैले ९० प्रतिशत आजिवन रोगको सिकार हुन्छन् ।

लक्षण
लक्षणका हिसाबले हेपाटाइटिस बि रोग दुई किसिमका एक्युट र क्रोनिक हुन्छ । एक्युट हेपाटाइटिस बिको ७५ प्रतिशत संक्रमण सुषुप्त हुन्छ र बिरामीले आफूमा कुनै रोगको महसुस गर्दैन भने २५ प्रतिशत संक्रमितमा हेपाटाइटिस ए जस्तै लक्षणहरु देखा पर्छन् । यीमध्ये १ प्रतिशत जति बिरामीको एक्युट लिभर फेलिएर भएर मृत्यु हुन सक्छ ।

क्रोनिक हेपाटाइटिस बी बिरामीको शरीरमा हेपाटाइटिस बिका भाइरस नगन्यदेखि प्रसस्त मात्रामा हुन्छन् । एक्युट हेपाटाइटिस बि भएका संक्रमितबाट ५ देखि १० प्रतिशतलाई मात्र क्रोनिक हेपाटाइटिस हुने गर्दछ । सुरुको २० देखि ४० वर्षसम्म कुनै लक्षण देखिँदैन् । अन्त्यमा गएर लिभर सिरोसिस (कलेजो कडा हुने अवस्था), लिभर क्यान्सर र लिभर फेलर भएर मृत्यु हुन्छ ।

उपचार
क्रोनिक हेपाटाइटिस बिको औषधि उपचारको मुख्य उद्देश्य भनेको कलेजोको कोषिकालाई नष्ट हुन दिनबाट बचाउने र लिभर सिरोसिस,  लिभर फेलिएरबाट बचाउनु साथै बिरामीको आयु बढाउने हो । यसमा प्रयोग हुने औषधिले हेपाटाइटिस बिको भाइरसलाई वृद्धि हुनबाट रोक्छन् ।
अहिले पत्ता लागेको एण्टि भाइरल औषधीले एचबिइएजीलाई नेगेटिभ बनाउँछ र एचबिभी डिएनए भाइरल लोड घटाउँछ । र थोरै प्रतिशत बिरामीमा भाइरसलाई निर्मुल पार्छ ।

हेपाटाइटिस बिको उपचारभन्दा रोकथामका लागि ध्यान दिनु सबैभन्दा राम्रो उपाय मानिन्छ । र हेपाटाइटिस बिको भ्याक्सिन लगाउनु हो । साधारण तया हेपाटाइटिस बि भ्याक्सिन तीन डोजमा लगाइन्छ । ०, १ र ६ महिनाको अन्तरमा लिइन्छ ।

स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सक, नर्स लगायत सबै स्वास्थ्यकर्मी एवम् सहयोगीहरुले युनिभर्सल प्रेस्कृब्सन अपनाउनु पर्छ । 

हेपाटाइटिस सि
यो आरएनए फ्लभि भाइरसबाट संक्रमण हुने रोग हो । दुई किसिमका एक्युट र क्रोनिक हेपाटाइटिस ‘सी’ मध्ये २० प्रतिसतलाई एक्युट हुन्छ भने ८० प्रतिशतलाई आजिवन क्रोनिक हेपाटाइटिस ‘सी हुने गर्दछ । यो रोगले सुरुमा कुनै लक्षण नदेखाउने हुनाले बिरामी भएको थाहा नै हुँदैन । धेरै जसो स्वास्थ्य परीक्षण गर्दा र रक्तदान गर्दा रक्त परीक्षणपछि मात्र रोग सरेको थाहा हुन्छ । 

एचआईभी र हेपाटाइटिस ‘बि’ जस्तै हेपाटाइटिस ‘सी’ पनि रगत र रगतजन्य पदार्थबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ । तर संक्रमित आमाबाट बच्चा जन्मँदा नवजात शिशुलाई सर्ने सम्भावना एकदम कम रहन्छ ।

धेरै जसो लिभर सिरोसिस क्यान्सर र लिभर फेलिएर भएपछिमात्र हेपाटाइटिस सि ले भएको रहेछ भन्ने थाहा पाउँछन् । हेपाटाइटिस बि ले भन्दा सि ले छिटो लिभर खराब गराउँछ । 

जापान र इटालीमा लिभर क्यान्सर गराउने मुख्य श्रोत नै हेपाटाइटिस सि हो । यो रोग सबैभन्दा बढी इजिप्ट र चाइनामा छ भने सबभन्दा कम जापानमा छ । हेपाटाइटिस सिको पत्ता लगाउनु पहिला यसलाई नन् ए र बि हेपाटाइटिस भनिन्थ्यो । विश्वमा २० बरोड जनसंख्या यो रोगबाट संक्रमित छ । र नेपालमा पनि यो रोगको भयाभह स्थिति छ ।

लक्षण
यो जीवाणु शरीरभित्र पसे नपसेको धेरैलाई थाहा नहुन सक्छ किनभने शरीरको प्रतिरोधात्मक क्षमताअनुसार र अन्य रोग भए नभएका अनुसार सुरुको अवस्थामा अन्य हेपाटाइटिस संक्रमणमा देखिने लक्षण हुन सक्छ । 

केही प्रतिशतमा भने शरीरको रोगसँग लड्ने क्षमताका कारणले गर्दा यसलाई शरीरले नै निर्मुल पारिदिन सक्छ । ८० प्रतिशत भन्दा बढी केही थाहा नपाइकन आजिवन रोगको क्यारीयर वा क्रोनिक हेपाटाइटिस भएर लामो समय बाँच्छन् ।

उपचार
हेपाटाइटिस ‘सी’ को उपचार हेपाटाइटिस ‘बी’ को भन्दा सजिलोे छ । र पछिल्ला वर्षहरुमा धेरै औषधी अनुसन्धान भई पत्ता लागेका छन् । औषधीको सहि प्रयोग गर्दा बिरामी पूर्ण रुपमा निको हुन्छ ।

यसको उपचारमा प्रयोग गरिने औषधी जेनोटाइप अनुसार हुन्छ । पीसीआर पद्धतिबाट जीवाणुको संख्या एकिन गरेपछि उहि पद्धतिबाट उपचार गर्नका लागि यसको प्रकार अथवा जेनेटाइप छुट्याउनुपर्ने हुन्छ ।

हेपाटाइटिस बि को १० प्रकारको जेनोटाइप हुन्छन् भने सि को ६ प्रकारका जेनोटाइप पत्ता लागेका छन् । हेपाटाइटिस बिको तुलनामा १ सय प्रतिशत रोग निको हुन्छ । 

हेपाटाइटिस डि

हेपाटाइटिस डि इन्कम्प्रिट आरएनए भाइरसको संक्रमणको कारणले गर्दा यो रोग लाग्दछ । र यो भाइरस एक्लै बाँच्न सक्दैन ।
यो रोग शरीरमा फैलिन अथवा भाइरसको वृद्धि हुन हेपाटाइटिस बि सँगसँगै हुनुपर्दछ । हेपाटाइटिस बि भएको व्यक्तिमा यो भाइरस थपिँदा कलेजो छिटो खराब हुन्छ । क्यान्सर र कलेजो खराबको जटिल अवस्था आउँछ ।

उपचार
हेपाटाइटिस बिको उपचार राम्रो गरेमा यो रोग पनि राम्रो हुन्छ । अन्यथा हेपाटाइटिस डीको अन्तिम अवस्थामा भने कलेजो प्रत्यारोपण नै एउटा मात्र समाधान रहेको छ ।

अन्त्यमा
हेपाटाइटिस बि र सि संसारभर फैलिएको छ । सबभन्दा बढी दक्षिण पूर्वी एसियाको चाइना र अफ्रिकी मुलुकका मानिस बढी प्रभावित छन् । त्यहाँ करीब ८ प्रतिशतभन्दा बढी जनसंख्या यो रोगबाट ग्रस्त छन् । 
हेपाटाइटिसबाट हरेक वर्ष विश्वभर १५ लाख भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । संसारमा ‘मेडिकल डिजिज’ मा मानिसको ज्यान लिने यो आठौँ ठुलो रोग हो ।

नेपालमा अब हेपाटाइटिस ए को भ्याक्सिन पनि नेपाल सरकारले निशुल्क उपलब्ध गराउन जरुरी देखिन्छ । सरकारले पोलियो खोपको कार्यक्रम सफलतापूर्वक चलाएजस्तै हेपाटाइटिस बी को सबै नेपालस्लाई रक्त परीक्षण गरी खोप लगाउनु जरुरी छ । जस्ले राष्ट्रको जनधनको ठूलो क्षति हुनबाट बचाउँछ । अर्को तर्फ हेपाटाइटिस ए र इको महामारीबाट बच्न सबै घर घरमा चर्पीको व्यवस्था, गाउँ शहरमा जताततै ढल निकासी राम्रो र शुद्ध खानेपानीको व्यवस्थ गर्न राष्ट्रको निर्सत दायित्व भएको छ ।

 

डा. पौडेल चिरायु अस्पतालका सिनियर कन्सल्टेन्ट ग्याष्ट्रोइन्टेरोलोजिष्ट तथा हेपाटोलोजिष्ट हुन् ।

Last modified on 2017-09-03 17:38:58

Kathmandu Cancer Center

1 Comments

  1. Please sir hepatitis b negative hunxa ki nai plz kunai jankari pauna sakchhu ma


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts