जथाभावी थ्रेडिङ गर्दा आँखाको ज्योति गुम्ला

What's This?


Download our app to get more features

काठमाण्डौं १० चैत । सौन्दर्यप्रति पुरुषहरुको तुलनामा महिलाहरु बढी नै संवेदनशील हुन्छन् । आफूलाई बाहिरी रुपमा राम्री देखाउन महिलाहरुले विभिन्न केमिकलयुक्त सौन्दर्य सामाग्रीहरु मात्र प्रयोग गर्दैनन्, आँखी भौंसमेत हटाउने गर्छन् । 

मानव शरीरमा रहेका विभिन्न अंगहरुको आ–आफ्नो काम र महत्व हुन्छ । तर आफूलाई सुन्दर देखाउन अनुहारमा आएका रौंलाई जथाभावी हटाउँदा त्यसबाट पर्ने दीर्घकालीन असरका बारेमा भने आम मानिस सचेत हुँदैनन् । त्यसले स्वास्थ्यसम्बन्धि विभिन्न समस्या भोग्नुपर्छ । 

अनुहार तथा आँखी भौं र परेलाहरु जथाभावी उखेल्दा आँखा तथा मस्तिष्कमा असर पर्ने चिकित्सकहरु बताउँछन् । आँखाको परेलाको जरा भित्रसम्म पुगेको हुनाले आँखाको भित्री भागमा मस्तिस्कबाट गएको सुक्ष्म नसाहरु छुटिन सक्ने आँखा रोग विशेषज्ञ डा.रमेशबहादुर प्रधान बताउँछन् । 

‘बाहिरी सुन्दरताका लागि आँखामाथिका रौंहरु हटाउँदा आँखाको ज्योति गुम्न सक्छ’ डा. प्रधानले हाम्रो डाक्टरसँग भने, ‘चिकित्कको सल्लाह बिना थ्रेडिङ गर्दा मानसिक रोगको सिकार बन्ने संभावना हुन्छ ।’

त्यसैले आँखा तथाा अनुहारका रौंहरु उखेल्दा टाउको दुख्ने समस्या बढी हुनुका साथै आँखाको ज्योतिमा पनि असर पर्छ । मस्तिस्कको नसा छुटिन सक्ने हुनाले नियमित थ्रेडिङ गर्दा मानसिक रोग तथा नसासम्बन्धि रोगको बढी जोखिम हुने डा. प्रधान बताउँछन् । 

Hamro Doctor
Last modified on 2016-03-23 13:03:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts