विश्व उच्च रक्तचाप दिवस

उच्च रक्तचाप भएका बिरामीका लागि कोरोना घातक, यी ६ कुरामा ध्यान दिँदा राहत



Download our app to get more features

कोरोना भाइरसको महामारीका कारण स्वस्थ व्यक्तिदेखि दीर्घरोगी सबै प्रभावित बनेका छन् । कोरोना भाइरसले विशेषगरी दीर्घरोगीलाई आफ्नो चपेटमा लिने गरेको भएपनि पछिल्लो समय मुटुरोगीका लागि झन् खतरनाक बनेको वैज्ञानिकहरु बताउँछन् ।

भारतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकारले मुटुरोगीलाई बढी प्रभावित बनाएको देखिएको छ । त्यसमा पनि यदि उच्च रक्तचाप छ भने त्यस्ता व्यक्तिका लागि कोरोना बढी खतरनाक रहेको वैज्ञानिकरुको भनाइ छ ।

कोरोना भाइरस मुटुरोगीका लागि खतरनाक हुन्छ भनेर सुरुदेखि नै वैज्ञानिकहरुले भन्दै आएका छन् । त्यसमा पनि उच्च रक्तचाप भएका बिरामीका लागि त कोरोना श्राप जस्तै मानिएको छ । उच्च रक्तचापलाई यसैपनि खतरनाक रोगको रुपमा लिने गरिन्छ । जसले मुटु मात्रै होइन मिर्गौला र मस्तिष्कसँग सम्बन्धीत खतरालाई पनि बढाइदिन्छ । उच्च रक्तचाप हुनुको मुख्य कारण तनाव, एन्जाइटी, अस्वस्थकर खाना वा अनुवांशिक कारणले हुने गर्छ ।

कोरोनाको दोस्रो लहरमा कतिपय मानिसहरुको मृत्यु हर्ट एट्याकका कारण भएको घटनाहरु सुनिएको छ । कतिपय अवस्थामा त स्वस्थ भइसकेका मानिसहरुको पनि हर्ट एट्याकका कारण मृत्यु भएको देखिएको छ । एक्सपर्ट्सका अनुसार मुटुको मांशपेसी कमजोर हुने कारणले यस्तो समस्या देखिने गरेको छ ।

मुटुरोग विशेषज्ञका अनुसार कोरोनाको चपेटमा आउने उच्च रक्तचापका रोगीहरुले यदि केहि विशेष कुरामा ध्यान दिने हो भने मृत्यु हुने जोखिमलाई केही हदसम्म कम गर्न सकिन्छ । कोरोनाको रिकभरी पिरियडमा ५ देखि १० दिनको समय निकै गम्भीर हुन्छ । यस क्रममा रक्तचापलाई नियन्त्रणमा राख्नु आवश्यक हुन्छ । कसरी राख्ने रक्तचाप नियन्त्रणमाः

डाइटः कोरोनामा उच्च रक्तचाप भएका बिरामीले आफ्नो खानपानको विशेष ख्याल राख्नु आवश्यक हुन्छ । उच्च रक्तचापका बिरामीले आफ्नो खानपानमा पोटासियमयुक्त फलफूल, तरकारी समावेश गर्नुपर्छ । यस्तै सुन्तला, केरा, पालुगों, ब्रोकाउली जस्ता खानेकुरा फायदाजनक हुन्छ ।

सोडियमः उच्च रक्तचाप भएका बिरामीको खानामा नुनको मात्रा कम गर्ने सल्लाह दिइन्छ । यस्ता रोगीमा प्याकेट बन्द खानेकुरा वा क्यान सुप जस्ता खानेकुरा खान पूर्ण बन्दे गर्नुपर्छ । सोडियमको अत्यधिक मात्रा रक्तचाप बढाउने काम गर्न सक्छ ।

निद्राः मानिसको निद्राको असर सिधै उसको स्वास्थ्यमा पर्न सक्छ । ८ घन्टामो पर्याप्त निद्रा मानिसको रक्तचापलाई नियन्त्रणमा राख्नमा सहयोगी हुन्छ । डाक्टरहरुका अनुसार ६ घन्टा वा त्यो भन्दा कम सुत्ने मानिसमा उच्च रक्तचापको सम्भावना बढी हुन्छ । त्यसकारण मानिसलाई पर्याप्त निद्रा लिनुपर्छ ।

हेल्थ चेकअप र जेनेटिक टेस्टः यदि परिवारमा पहिले नै कसैलाई रक्तचाप सम्बन्धी समास्या छ भने अनुवांशिक कारणले पनि उच्च रक्तचापको समस्या हुन सक्छ । जेनेटिक टेस्ट अर्थान् वंशानुगत जाँच गराएर आफ्नो सम्पूर्ण स्वास्थ्यको अवस्था कस्तो छ त्यसलाई राम्रोसँग बुझ्न सकिन्छ । जसले गर्दा आफ्नो स्वास्थ्यको बारेमा समयमै जान्न सकिन्छ । किनकी यदि रोगको बारेमा समयमे जाँच गर्न सकिएन भने यस रोगको असर हाम्रो आँखा, मिर्गौला र मुटुमा असर पर्न सक्छ । फुल बडी चेकअपले तपाईंको राम्रो जीवनशैली र रोगलाई व्यवस्थापन गर्ने सहि तरिकाको बारेमा बताउन सक्छ । यस अवस्थामा मानिसलाई रक्तचापको नियमित मोनिटर गराइरहनुपर्छ । ताकि सम्भावित रोगको जोखिमबाट जोगिन सकिन्छ ।

नियमित औषधिको सेवनः उच्च रक्तचाप भएका रोगीहरुले आफ्नो औषधिको नियमित सेवन गर्नुपर्छ । रक्तचाप सामान्य भएपनि उनीहरुलाई औषधि खान छोड्नु हुँदैन । यदि तपाईं उपचारमा कुनै प्रकारको परिवर्तन गरिरहनुभएको छ भने त्यसको जानकारी आफ्नो डाक्टरलाई दिनुपर्छ । साथै यस परिस्थितिमा उनीहरुले आफ्नो उपचारम कुनै पनि सम्झौता भने गर्नु उचित हुँदैन ।

स्टेरोयडः कोरोना संक्रमण भएका उच्च रक्तचापका बिरामीको स्वास्थ्य यदि गम्भीर हुन थाल्यो भने तुरुन्त चिकित्सकको सल्लाह अनुसार स्टेरोयड दिन सकिन्छ । तर, कतिपय अवस्थामा छिटो निको हुने चक्करमा उच्च रक्तचापका बिरामीलाई स्टेरोयड वा यस्ता अन्य औषधि भने दिनु उचित हुँदैन । त्यसले फाइदाभन्दा बढी नोक्सान हुन सक्छ ।

 

(अमेरिकन हार्ट एसोसिएशन)

Last modified on 2021-05-17 11:58:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts