कोरोना सङ्क्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयरको निधन



Download our app to get more features

सप्तरी, ४ जेठ । कोरोना सङ्क्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयरको निधन भएको छ ।  

विराटनगरमा रहेको विराट नर्सिङ होम तथा विराटनगर अस्पतालमा आज बिहान ४ बजे उपमेयर आशा चौधरीको ज्यान गएको सप्तकोशी नगरपालिका-५ का वडाअध्यक्ष दीपक लेखीले जानकारी दिए । 

चौधरीलाई दुई हप्ता अघिदेखि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या हुने लगायतका लक्षण देखिएको थियो । गर्भवती समेत रहेकी उनलाई थप असहज भएपछि फत्तेपुर मोडल पोलिक्लिनिकमा सामान्य उपचारपछि विराटनगर लगिएको थियो ।

 १० दिनअघि अस्पताल भर्ना भएकी उनलाई आईसीयूमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि भन्टिलेटरमा सारिएको थियो । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts