चितवनमा सक्रिय संक्रमितको संख्या ४७ सय नाघ्यो, कुन स्थानीय तहमा कति संक्रमित ?



Download our app to get more features

चितवन, ९ जेठ । चितवनका सातवटै स्थानीय तहमा गरी कोरोना भाइरस (कोभिड–१९) का सक्रिय संक्रमितको संख्या ४७ सय नाघेको छ ।

आइतवार दिउँसोसम्म जिल्लाभर सक्रिय संक्रमितको संख्या ४ हजार ७ सय १३ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

सबैभन्दा बढी सक्रिय संक्रमित रहेका भरतपुर महानगरपालिकामा ३ हजार ७ सय ३७ जना छन् ।

त्यस्तै, अन्य स्थानीय तहमा खैरहनी नगरपालिकामा १ सय ८८, कालिका नगरपालिकामा १ सय ५५, राप्ती नगरपालिकामा १ सय २०, माडी नगरपालिकामा १ सय ३७, रत्ननगर नगरपालिकामा ३ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, जिल्लाकै एकमात्रै गाउँपालिका इच्छाकामनामा भने सक्रिय संक्रमित ४२ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सक्रिय संक्रमित मध्ये ४ हजार ५ सय ११ जना होम आइसोलेसन, १ सय ८८ जना अस्पताल भर्ना भई उपचाररत् रहेका छन् भने १४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कुल संक्रमितको संख्या १२ हजार नाघ्यो
आइतवार दिउँसोसम्म जिल्लाभर कोरोना संक्रमित हुनेको कुल संख्या १२ हजार ६ सय ६८ पुगेको छ । संक्रमित हुनेमा ७ हजार १ सय ६४ जना पुरूष र ५ हजार ४ सय ९९ जना महिला रहेका छन् । जसमध्ये जिल्लाभर मात्रै अहिलेसम्म ७ हजार ७ सय ५७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, जिल्लाका संक्रमित मध्ये अहिलेसम्म एकसय ९८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ सय २७ जना भरतपुर महानगरपालिका भित्रका मात्रै छन् । बाँकी ७१ जना जिल्लाका अन्य पालिकाका रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोनाबाट बच्न र संक्रमण अझै फैलाउन नदिन यसो गर्नुस्ः
सरकारद्वारा लागू गरिएको निषेधाज्ञालाई पूर्णतः पालना गर्ने । त्यसैगरी संक्रमित व्यक्तिबाट संक्रमण फैलाउन नदिन र स्वस्थ व्यक्ति संक्रमित नहुन दुवै अवस्थामा मास्क महत्त्वपूर्ण हुँने चितवन मेडिकल कलेजका ग्यास्ट्रो इन्टेरोलोजी विभागीय प्रमुख वरिष्ठ डा. बरूण श्रेष्ठले बताए । उनले नाकमुख र चिउँडो राम्रोसँग ढाक्नेगरि मास्क लगाउन समेत अनुरोध गरे ।

‘हामीले लगाएको मास्क केही खान, पिउन, अन्य केही गतिविधिको लागि वा बोल्दा मास्कलाई चिउँडोमा झार्छौँ र काम सकिसकेपछि माथि साछौँ ।’ उनले भने ‘मास्क लगाउँदा चिउँडोभन्दा मुनिको भाग खुल्ला नै रहेको हुन्छ । चिउँडोभन्दा तल मास्क झार्दा उक्त खुला ठाउँमा भएका भाइरसहरु मास्कको भित्री भागमा टाँसिन्छन् । फेरि मास्क लगाउदा उक्त भाइरस हाम्रो नाक वा मुखको माध्यमबाट शरीरमा प्रवेश गर्छन् । जसले गर्दा संक्रमणको जोखिम झनै बढाउँछ ।’

उनले मापदण्ड पुरा गरेका खासगरी सर्जिकल मास्क, एन ९५ वा के एन ९५ प्रयोग गर्न सुझाव दिएका छन् । नाक मुनि वा चिउँडोमा मास्क लगाउने, घाँटीमा मास्क झुन्ड्याउने, मास्क हातमा झुन्ड्याउने, कानमा झुन्ड्याउने, बाईकमा झुन्ड्याउने, मास्कको कडा भागलाई नाकको आकारमा नथिचि लगाउने जस्ता गलत प्रयोगले झनै जोखिम बढाउँने उनले जनाए । कोरोना भाइरसबाट आफुँ जोगिन र अरुलाई जोगाउन  सबैले सही तरिकाले मास्कको प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।

एकपटक प्रयोग गरेको मास्कहरु पटक–पटक प्रयोगमा ल्याउनु झनै असुरक्षित हुन्छ । मास्कलाई सकेसम्म ४ देखि ८ घण्टाभन्दा बढि समयसम्म प्रयोग गर्नु हुँदैन । त्यसलाई प्रयोग गरिसकेपछि जथाभावी फ्याक्नु हँदैन । सुरक्षित तरिकाले व्यवस्थापन गर्नुपर्छ । मास्कको अगाडि वा भित्री भागमा हातले छुनु हुँदैन उनले भने ।

अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनु परेमा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग तथा साबुनपानीले हात धुने नियम राम्रोसँग पालना गर्न सबैलाई अनुरोध गरेका छन् ।

Last modified on 2021-05-24 08:07:00

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts