कर्णालीमा थप १० जना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

सुर्खेत, ९ जेठ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा उपचाररत थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर थप १० जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिएका हुन् ।

डा. खड्काका अनुसार मृतकमध्ये सुर्खेतका चार जना, सल्यानका तीन जना, दैलेख, डोल्पा र जुम्लाका एकरएकजना रहेका छन् । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २१० पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशभर आइतबार २४९ जनाको पीसीआर परिक्षण गर्दा ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ७११ जनाको एन्टिजेन १६० जनामा संक्रमण पुष्टि भएको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts