स्वास्थ्य सामग्रीको गुणस्तर कसले हेर्ने ?



Download our app to get more features

कोभिड १९ संक्रमको दोस्रो लहरसँगै यतिबेला संघीय राजधानी काठमाडौं लगायत अधिकांश स्थानमा निषेधाज्ञा लगाईएको छ । यसले सर्वसाधरणको जनजीवन असहज बनेको छ । 

निषेधाज्ञाको तेस्रो हप्तासम्म कोरोना संक्रमणको पहिचान दरस्थिर र मृत्यु संख्या घट्न सकिरहेको छैन । सरकार कोरोना संक्रमण कम गराउन हर तरहले लागिरहेको छ । सरकारले कोरोना विरुद्धको खोपको लागि विश्व समुदायसँग सहायता मागिरहेको छ । यससँगै सरकारलाई विभिन्न संघ, संस्था दातृ निकायहरुले विभिन्न किसिमका स्वास्थ्य सामग्री सहयोगस्वरुप प्राप्त भइरहेको छ । 

यसरी प्राप्त हुने स्वास्थ्य सामग्री आकस्मिक उपचार सेवाको लागि प्रयोग हुने र दैनिक व्यवहारमा प्रयोग हुने दुई प्रकारका छन् । सहयोग स्वरुप प्राप्त हुने आकस्मिक सेवाका स्वास्थ्य सामग्रीको गुणस्तर परीक्षण र कार्य सघनताको मुल्यांकन गरेको पाइँदैन ।
 
महामारीको समयमा अभाव हुने यस्ता सामग्रीले तोकेभन्दा कम काम गरे वा गुणस्तरीय काम गरेनन् भने बिरामीको ज्यान नै जोखिममा पर्ने देखिन्छ । यसमा सहयोग लिने निकाय चनाखो हुनुपर्ने यस क्षेत्रका जानकारहरु बताउँछन् । 

आकस्मिक स्वास्थ्य सेवा उपचार र कोरोनाको सघन उपचारमा प्रयोग भइरहेका स्वास्थ्य सामग्री तथा उपकरणको गुणस्तर र काम गराइबारे सही ढंगले परीक्षण नहुँदा जोखिम बढिरहेको छ । 

पछिल्लो समय अभाव र आवश्यकताको अनधिकृत रुपमा फाईदा उठाउदै बजारमा भेन्टीलेटर, हाईफ्लो मेसिन र अक्सिजन कन्सन्ट्रेटर धेरै नक्कली आउन थालेकाले सचेत रहन आवश्यक छ । 

Last modified on 2021-05-25 10:15:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts