मधुमेहका बिरामी हुनुहुन्छ भने यी लक्षण देखिए वेवास्ता नगरौं



Download our app to get more features

कोरोना महामारीका कारण दीर्घरोगी, अन्य स्वास्थ्य समस्या भएका, स्वस्थ मानिस, बालबालिका, वृद्धवृद्धा सबैजना प्रभावित छन् । कोरोनाको सुरुवाती चरणमा दीर्घरोगी र स्वास्थ्य समस्या भएकालाई मात्रै प्रभावित बनाएको थियो भने पछिल्लो समय झन् खतरनाक भएर आएको कोरोनाले सबैलाई आफ्नो चपेटामा लिन थालेको छ ।

अन्यभन्दा पनि दीर्घरोगीलाई कोरोनाले छिटै आफ्नो चपेटामा लिने क्रम अझै रोकिएको छैन । त्यसमा पनि मधुमेह भएका बिरामीका लागि कोरोना बढी खतरनाक प्रमाणित भएको छ । कोरोनाले अन्य दीर्घरोगी वा अन्य स्वास्थ्य समस्या भएका बिरामीमा मध्ये मधुमेह भएका बिरामीमा गम्भीर समस्या निम्त्याउने गरेको छ ।

रगतमा ग्लुकोजको खराब मात्राले इन्सुलिन उत्पादनमा प्रभाव पार्छ र यसले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ । त्यसबाहेक मधुमेह भएका बिरामीको रक्त सञ्चारपनि राम्रो हुँदैन र निको हुनमा पनि लामो समय लाग्ने हुन्छ ।

मधुमेह भएका बिरामीलाई यदि कोरोना संक्रमण भयो भने उसलाई भाइरल लोडसँग लड्नमा समस्या हुने गर्छ । त्यति मात्रै होइन उनमा अन्य स्वास्थ्य सम्बन्धी समस्याको जोखिम पनि बढेर जान्छ । कोरोना भइसकेपछि मधुमेहका बिरामीमा मुटु, श्वाससँग सम्बन्धी समस्या र फोक्सोको रोगपनि निम्तिन सक्छ ।

मधुमेह भएका बिरामीमा कोरोनाको लक्षणका साथै थप अरु लक्षणहरु पनि देखिन सक्ने विज्ञहरु बताउँछन् । यदि समयमै ध्यान दिइएन भने ती लक्षणका कारण ज्यानै जान सक्ने पनि हुन सक्छ । 

जानौं ती लक्षणका बारेमा, जसलाई मधुमेहका बिरामीले वेवास्ता गर्नु हुँदैन :
छालामा र्यासेज र नंगमा असरः
कोरोनाको दोस्रो लहरमा मानिसहरुमा देखिएका लक्षणहरुमध्ये छालामा र्यासेज आउने, सुन्निने या एलर्जी जस्ता समस्या देखिन सक्छ । जस्तै हात, खुट्टा र नंगमा असर र छालामा रातो दाग जस्तो लक्षण कोरोनाको बिरामीमा बढी देखिने गरेको छ, जसमा ब्ल्ड सुगरको मात्रा बढी छ ।

मधुमेह भएका बिरामीको घाउपनि छिटो निको नहुने हुन्छ । उच्च रक्तचापका कारण छाला सुक्खा हुने गर्छ । त्यसबाहेक छाला सुन्निने, रातो दाग देखिने, घमौरा जस्तो दाना जस्तो देखिने सम्भावना बढेर जान्छ । यी सबै कोरोनासँगै पनि आउन सक्छ । त्यसकारण मधुमेह भएका कोरोना संक्रमित बिरामीलाई आफ्नो छालाको विशेष ख्याल गर्नुपर्ने हुन्छ र सुरुवाती लक्षण देखिनासाथ चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

कोभिड निमोनियाः कोरोनाको बिरामीमा निमोनिया खतरनाक हुने गरेको छ । विशेष गरी मधुमेह भएका बिरामीका लागि यो बढी खतरनाक हुन सक्छ । बढेको ब्लड सुगरले श्वाससँग सम्बन्धी समस्या बढ्दा कोरोना थप जटिल बनेर जान्छ । हाई ब्लड सुगरमा भाइरस शरीरमा सजिलैसँग फैलिने र अन्य अंगहरुलाई बिगार्न थाल्छ ।

अक्सिजनको कमीः दोस्रो लहरमा अधिकांश कोरोना संक्रमित बिरामीमा अक्सिजनको मात्रा कम भएको देखिएको छ । मधुमेहका बिरामीको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, यस अवसथामा त्यस्ता बिरामीमा अक्सिजनको कमीको खतरा बढेर जान्छ । मधुमेहका बिरामी श्वास लिमा समस्या र छातीमा दुखाई जस्ता लक्षण पनि बढी देखिएको छ । त्यसबाहेक हाइपोक्सियाको पनि खतरना मधुमेहका बिरामीमा बढी देखिने गरेको छ । हाइपोक्सियामा बिना कुनै लक्षण नै अक्सिजनको मात्रा कम हुन थालन्छ ।

ब्ल्याक फंगसः पछिल्लो समय कोरोना संक्रमित बिरामीहरुमा ब्ल्याक फंगसको जोखिम पनि बढेर गएको छ । हुन त नेपालमा पर्सामा केहिमा ब्ल्याक फंगससँग मिल्दोजुल्दो लक्षण देखिएपनि पुष्टि नै भने हुन सकेको छैन । तर, जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउनु भने आवश्यक छ । ब्ल्याक फंगसमा टाउको दुख्ने, आँखा दुख्ने, आँखा धमिलो हुने, अनुहारका विभिन्न भागहरु दुख्ने, सुन्निने जस्ता लक्षणहरु देखिन हुन्छ । समयमै पहिचान भएन भने मानिसको मृत्यु नै पनि हुने गर्छ । विशेषगरी कोरोना संक्रमणपछि निको भइसकेका मानिस जसमा ब्लड सुगरको मात्रा बढेको हुन्छ वा जसलाई स्टेरोयडको मात्रा बढी दिइएको हुन्छ, उनीहरुमा बढी जोखिम हुने गरेको छ । 

Last modified on 2021-05-26 13:07:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts