विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस

स्वस्थ जीवनका लागि 'सुर्तिजन्य पदार्थ' को सेवन त्यागौं



Download our app to get more features

आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको विदवस, कोरोना महामारीले यस वर्षको कार्यक्रम भर्चुअल माध्यमबाट हुने भएको छ ।

सुर्तिजन्य पदार्थ अन्तर्गत पर्ने चुरोट, बिडी, सिगार, हुक्का, खैनी लगायत आदि पर्छन् । यिनीहरू जुनसुकै तरिकाले प्रयोग गरे पनि स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिन्छ । तपाईं पनि यस्ता अम्लको प्रयोग गर्दै हुनुहुन्छ भने तत्काल बन्द गर्नुहोस् । स्वास्थ्य सुरक्षाका लागि सबैभन्दा ठूलो र महत्वपूर्ण निर्णय गर्नु भनेकै ध्रूमपान सेवन बन्द गर्नु हो । अहिलेको अवस्थामा त कोरोनाको जोखिम पनि यस्ता मानिसका लागि बढी खतरनाक देखिएकाले पनि डाक्टरहरुले यसलाई बन्द गर्न नै सल्लाह दिन्छन् ।

कति मानिसले सेवन गर्छन्ः 
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार संसारभर ११ करोड मानिसले चुरोट सेवन गर्छन् । तीमध्ये प्रत्येक वर्ष ६० लाख मानिस सुर्तीजन्य पदार्थ सेवनकै कारण मर्ने गरेका छन् । मुटु र रक्तनलीसम्बन्धी रोगमध्ये २५ प्रतिशत ध्रूमपानका कारण हुने गरेको छ । जसमध्ये १० प्रतिशत चुरोटसेवनले मात्र गर्छ । ३० देखि ५० वर्ष उमेर भएका चुरोटसेवनकर्तालाई हृदयघातको सम्भावना चुरोट सेवन नगर्नेमाभन्दा पाँचगुणा बढी हुन्छ । अमेरिकामा पाँचमध्ये एक व्यक्तिको मृत्यु चुरोटसेवनले हुने गरेको अध्ययनहरूले देखाएका छन् । नेपालमा प्रत्येक वर्ष १७ हजारभन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थ सेवनकै कारण हुने गरेको छ । 

हृदयघात 
धूमपानले रक्तनलीको भित्री भागमा कोलेस्ट्रोल जम्मा गराउँछ । यसले रगतलाई बाक्लो बनाई जम्ने सम्भावना गराउँछ । मुटुको रक्तनली साँघुरो बनाउँछ । सुर्तीजन्य पदार्थमा अत्यधिक निकोटिन हुने हुँदा मुटुको धड्कन र रक्तचाप बढाउँछ ।

चुरोट सेवन गर्नेको उच्च रक्तचाप कम गर्न पनि समस्या हुन्छ । चुरोट सेवन गर्नेमा हृदयघातको सम्भावना दुईदेखि चारगुणा बढी हुन्छ । यी सबै कारणले रक्तसञ्चारमा बाधा पुर्याई हृदयघात गराउँछ ।

फोक्सोको क्यान्सर
चुरोट सेवन गर्ने मानिसलाई फोक्सोको क्यान्सर हुने सम्भावना सामान्य मानिसको भन्दा महिलामा १३ गुणा र पुरुषमा २३ गुणा बढी हुन्छ । फोक्सोबाहेक रगत, घाँटी, मुख, आन्द्रा, पाठेघर, स्तन, पिसाबथैली, मृगौलाजस्ता अंगमा पनि क्यान्सरको खतरा बढी हुन्छ । 

अन्य असर
सुर्तीजन्य पदार्थ सेवन गर्नेमा मस्तिष्कघातको सम्भावना दुईदेखि चारगुणा बढी हुन्छ । सुर्तीजन्य पदार्थ सेवन गर्नेमा दमबाट मृत्यु हुने सम्भावना १२ देखि १३ प्रतिशत हुन्छ । महिलाले सुर्तीसेवन गरे, बाँझोपन, पटक–पटक गर्भपतन हुने, वजन कम भएको बच्चा जन्मने, बच्चाको अचानक मृत्युको सम्भावना हुन्छ । हड्डी कमजोर भई सामान्य ठक्करबाट पनि हड्डी भाँचिन सक्छ । 

चुरोट छोड्दाका फाइदा

  • चुरोटसेवन बन्द गर्नेबित्तिकै हृदयघात र मस्तिष्कघातको सम्भावना कम हुँदै जान्छ । क्यान्सर र फोक्सोसम्बन्धी रोगको सम्भावना कम गराउँछ । केही अध्ययनले चुरोट छोडेको १० वर्षमा हृदयघात र मुटुसम्बन्धी रोगको सम्भावना घटेर चुरोट कहिल्यै पनि सेवन नगरेको व्यक्ति जस्तै हुने देखाएको छ ।
  • केही हप्तामा नै थकाइ कम भएको महसुस हुँदै जान्छ । 
  • बिहान उठ्दा ताजा र राम्रो महसुस हुन्छ । 
  • रक्तसञ्चारमा सुधार भएर हिँडडुलमा सजिलो महसुस हुन्छ ।
  • स्वाद र सुंघ्ने क्षमतामा सुधार भई खानामा रुचि बढ्छ ।
  • शरीरबाट चुरोटको दुर्गन्ध आउँदैन र श्वासको गन्ध पनि राम्रो हुन्छ ।
  • चुरोटको धुवाँले खानेलाई मात्र नभएर अरूलाई समेत हानि पुर्याउने हुँदा चुरोट बन्द गर्दा अरूको स्वास्थ्यमा पनि फाइदा पुग्छ । 
Last modified on 2021-05-31 09:57:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts