काठमाण्डौंमा मौषमी रोगका बिरामीको चाप छैनः टेकु अस्पताल



Download our app to get more features

काठमाण्डौं, १० चैत्र ।मौसममा आएको परिवर्तनसँगै तराईका विभिन्न क्षेत्रमा बिरामीको संख्या बढेपनि काठमाण्डौंका अस्पतालमा सरुवा रोगका बिरामीको चाप नभएको चिकित्सकहरुको भनाई छ । 

गर्मी शुरु भएसँगै देखिने विभिन्न मौसमी रुघाखोकी, झाडापाखाला, रगतमासी, टाइफाइड, मलेरीया लगायत अन्य मौसमी रोगका बिरामीहरु काठमाण्डौंमा नदेखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले जानकारी दिनुभयो । 

गर्मीयाम शुरु भएसँगै फ्लुको संक्रमण बढ्न सक्ने भन्दै बेलैमा सचेत रहनुपर्ने चिकित्सकहरुको सल्लाह छ । काठमाण्डौंमा मौसमी बिरामीको चाप नभएपनि डेंगुका रोगीहरु भने फाट्ट फुट्ट देखिन थालेको अस्पतालले जनाएको छ । 

Hamro Doctor
Last modified on 2016-03-24 11:52:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts